सामग्रीमा जानुहोस्

कर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भविष्यमा भुक्तान गर्ने गरी लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ। सामान्यतया ऋण प्रवाह बैङ्क तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्क्षय तथा अप्रत्क्षय प्रत्याभुती पनि पर्ने गर्दछ। बैङ्कहरूले संकलित निक्षेप तथा पुँजी विभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ। यस अन्तर्गत बैङ्कले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, मुद्दती रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, विकास ऋणपत्र आदी धितो राखी कर्जा प्रदान गर्दछ।[]

बैङ्कको कर्जा नीति तय गर्दा सरलिकरण, बढी भरपर्दो एबम बैज्ञानीक तवरबाट गरिनुपर्दछ। बैङ्कले कर्जा नीति अबलम्बन गर्दा देहायका उल्लेखित सिद्दान्तहरू माथि ध्यान पुर्‍याउनु पर्दछ।

  • तरलताको सिद्धान्त

बैङ्कमा ब्यक्ती तथा विभिन्न सङ्घ संस्थाहरू, कम्पनी, संस्थान आदी ठाउँबाट जम्मा हुन आएको निक्षेप रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ। उनिहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने बैङ्कको दायित्व हो। तरलता भनेको निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैङ्कको क्षमता हो। बैङ्कले यस्तो क्षमतामा असर नपर्ने गरी कर्जा नीति तय गर्नुपर्छ।

  • मुनाफाको सिद्धान्त

वास्तवमा मुनाफा र तरलता दुई बिपरित कुराहरू हुन। बैङ्कले मुनाफामा मात्र ध्यान दियो भने तरलताको मात्रा कम हुने त्यस्तै तरलतामा मात्र ध्यान दियो भने दिर्घकालिन लगानी हुन नसकी मुनाफाको मात्रा कम हुने हुन्छ। बैङ्कको मुल उद्धेस्य नाफा आर्जन गर्नु रहेको हुन्छ। यस्तो उद्धेश्य हासिल गर्नका लागि बैङ्कले उत्पादनशिल एबम उत्पादनमुलक ठाउँहरूमा कर्जा लगानी गर्नुपर्दछ।

  • सुरक्षाको सिद्धान्त

सुरक्षाको सिद्धान्तलाई बेवास्ता गरियो भने बैङ्कको कर्जा डुब्न सक्छ। यसबाट बैङ्कलाई ठुलो घाटा मात्र नभै बिघटनको स्थितिमा समेत पुग्न सक्छ। यस्तो खतराबाट बैङ्कलाई मुक्त राख्नुपर्छ।

  • विबिधिकरणको सिद्धान्त

बैङ्कले कर्जा प्रबाह गर्दा एउटै प्रकारको धितोमा लगानी गर्नु हुँदैन। एउटै क्षेत्रमा पनि लगानी गर्नु हुँदैन। लगानिमा विविधिकरण भएमा कुनै एक क्षेत्रको कर्जा खराब भयो भने पनि अर्को क्षेत्रबाट मुनाफा आर्जन गरिरहेको हुन्छ।

  • बजार योग्यताको सिद्धान्त

बैङ्कले धितो जमानत राख्दा त्यस्तो प्रकारको धितो राख्नुपर्दछ जुन कर्जा असुली नभएको खन्डमा बजारमा तुरुन्तै लीलाम वा बिक्री गर्न सकियोस।

  • राष्ट्रिय हितको सिद्धान्त

कहिलेकाही बैङ्कले आफुलाई थोरै फाईदा हुने भयतापनी त्यस्ले राज्यलाई हित गर्छ भने उक्त खालको ठाउमा पनि कर्जा लगानी गर्नुपर्ने हुन्छ। राष्ट्रिय हित बिरुद्द बैङ्क जानु हुँदैन। कस्तो नीति अबलम्बन गर्दा बैङ्कलाई सुचारु रूपले अगाडि बढाउन सकिन्छ भन्ने कुरा बैङ्कको आफ्नो अधिकार क्षेत्र भित्रको विषय हो।[]

कर्जा प्रदान गर्ने मौलिक आधारहरू

[सम्पादन गर्नुहोस्]
  • बैयक्तिक चरित्र

कर्जा प्रदान गर्नु भन्दा अगाडि कर्जा प्रस्ताब गर्न आउने ब्यक्तिको नियत ठीक भएको र बैङ्कबाट लिएको कर्जा तिर्ने भावनाको छ वा छैन अध्ययन गर्नुपर्छ। ठगी वा जाल्साजी गर्ने नियतको हो वा होइन छुत्त्याउनुपर्छ। पहिला कुनै बैङ्क वा बित्तिय संस्थाबाट कर्जा लिए नलिएको , लिएको भए कर्जा इतिहास कस्तो छ आदी कुरा बुझेर मात्र कर्जा लगानी गर्नुपर्दछ।

  • योग्यता वा क्षमता

कर्जा प्रदान गर्न लागिएको ब्यक्ती वा संस्था करार ऐन २०५६ बमोजिम करार गर्न योग्य छ वा छैन भन्ने कुरा विचार गर्नुपर्छ। यदी करार गर्न सक्षम ब्यक्ती हो भने उसको सैक्षिक योग्यता तथा कुन ब्यवसाय सँग सम्बन्धित हो आदी कुराहरू जानकारी लिनुपर्छ।

  • पुँजी

कर्जा माग्न आउने ब्यत्ति वा संस्थाले कति रुपैयाको लागि प्रस्ताव गर्न आएको हो सो कर्जाको मात्रा उसको आयस्थिती, चल अचल सम्पतिको विचार गर्नुपर्दछ। साथै ब्यबसायको लागि माग्न आएको अबस्थामा उसको ब्यबसायको प्रकृति, ब्यबसायमा लगानी गरेको पुँजीको मात्रा आदि कुराको बिश्लेषण गर्नुपर्दछ।

  • सुरक्षण

बैङ्कले कर्जा प्रदान गर्दा उचित धितो वा सुरक्षण राख्नुपर्दछ। साथै उत्त धितोको बजार भाउ कस्तो छ आदि विविध कुरामा विचार पुर्याउनु पर्दछ।

  • कर्जा सूचना

बैङ्कले कर्जा प्रस्ताव गर्न आएको ब्यत्तिको चरित्र, उसले कर्जा तिर्नसक्ने क्षमता, उसको सम्पतिको बिबरण र उसले सुरक्षणका लागि राखेको धितोको बारेमा उसको नजिकका ब्यत्ति, छरछिमेक वा अन्य उसलाइ चिन्ने ब्यत्ति वा ब्यबसायी सँगबाट सूचना लिन सकिन्छ। साथै ऋण तिर्न नसकी कालो सूचीमा परेको हो वा होइन साथै उसको कर्जा इतिहास कस्तो छ आदि बारेमा अन्य बित्तिय संस्था, कर्जा सूचना केन्द्र आदिबाट सूचना लिनु पर्दछ।

  • बाह्य वातावरण

बैङ्कले कर्जा प्रदान गर्दा राजनीतिक वातावरण, उसको सुरक्षणको बाहिरी स्थिति वा बजारमा बिश्वासयोग्य, बिक्री योग्य छ कि छैन आदि सम्पुर्ण बाहिरी पक्षसमेत मूल्याङ्कन गर्नुपर्दछ।[]

बैङ्कले प्रदान गर्ने कर्जाका प्रकारहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]