काजु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
काजु
Cashews ready for harvest in Kollam, India
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Sapindales
परिवार: Anacardiaceae
वंश: Anacardium
प्रजाति: A. occidentale
वैज्ञानिक नाम
Anacardium occidentale
L.

 

काजु एक प्रकारको मसला हो । काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि । काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

विशेषताहरु[सम्पादन गर्ने]

  • थकान हटाउँछ : काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।
  • अनुहार चम्किलो बनाउँछ: काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
  • दिमाग तेजिलो बनाउँछ: काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।
  • युरिक एसिड हुन दिँदैन: काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
  • रक्तचाप नियन्त्रण गर्छ: काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।
  • कोलेस्टेरोल घटाउँछ: हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।
  • मुटु बलियो बनाउँछ: काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।
  • डायबेटिज नियन्त्रण गर्छ: काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।
  • पोषण प्रदान गर्छ: काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]