कारक
कारक भनेको कुनै वाक्यमा प्रयोग भएका नामिक शब्दको क्रियासँगको सम्बन्धलाई जनाउने व्याकरणीय भूमिका हो। नेपाली व्याकरणमा छवटा प्रमुख कारकहरू पहिचान गरिएको छ। हरेक कारकले आ-आफ्नो विशेष भूमिका तथा प्रयोग गर्दछ। यहाँ कारकका प्रकारहरू तथा उदाहरणसहित व्याख्या गरिएको छ।
कर्ता कारक
[सम्पादन]वाक्यमा कुनै पनि कार्य सम्पादन गर्ने नामिक शब्दलाई कर्ता कारक भनिन्छ। यसमा सामान्यतया 'को' वा 'कसले' भन्ने प्रश्नको उत्तर आउँछ। कर्ता कारकमा प्रायः 'ले', 'बाट', वा 'द्वारा' जस्ता विभक्ति चिन्हहरू प्रयोग गरिन्छ।
कर्म कारक
[सम्पादन]वाक्यमा कामको परिणाम भोग्ने वा असर पर्ने नामिक शब्दलाई कर्म कारक भनिन्छ। यसमा 'के' वा 'कसलाई' भन्ने प्रश्नको उत्तर आउँछ। कर्म कारकमा सामान्यतया द्वितीया विभक्तिको चिन्ह 'लाई' प्रयोग गरिन्छ।
करण कारक
[सम्पादन]काम गर्न प्रयोग गरिने साधन, कारण, वा हेतु जनाउने नामिक शब्दलाई करण कारक भनिन्छ। यसमा 'के ले' वा 'के बाट' भन्ने प्रश्नको उत्तर आउँछ। करण कारकमा सामान्यतया 'ले', 'बाट', वा 'द्वारा' विभक्ति चिन्हहरू लाग्दछन्।
सम्प्रदान कारक
[सम्पादन]कामको लक्ष्य वा प्रयोजन जनाउने नामिक शब्दलाई सम्प्रदान कारक भनिन्छ। यो प्रायः 'कसलाई' वा 'लागि' भन्ने प्रश्नको उत्तरमा आउँछ। यसमा 'लाई', 'लागि', वा 'निम्ति' विभक्ति चिन्हहरू प्रयोग गरिन्छ।
अपादान कारक
[सम्पादन]काम सुरु हुने समय, छुट्टिने ठाउँ, वा वस्तुको स्रोत जनाउने नामिक शब्दलाई अपादान कारक भनिन्छ। यसमा सामान्यतया 'देखि' वा 'बाट' विभक्ति चिन्हहरू प्रयोग गरिन्छ।
अधिकरण कारक
[सम्पादन]काम हुने स्थान, समय, वा विषय जनाउने नामिक शब्दलाई अधिकरण कारक भनिन्छ। यसमा 'कहाँ' वा 'कहिले' भन्ने प्रश्नको उत्तर आउँछ। अधिकरण कारकमा सामान्यतया 'मा' वा 'माथि' विभक्ति चिन्हहरू लाग्दछन्।
आविष्कारलाई कुन कारक हो र कुन विभक्ति हो
[सम्पादन]- चतुर्थी विभक्ति
- सम्प्रदान कारक