कार्यसम्पादन मूल्याङ्कन
कार्यसम्पादन मूल्याङ्कन एक आवधिक प्रक्रिया हो जहाँ कर्मचारीको कार्यसम्पादनको दस्तावेजीकरण र मूल्याङ्कन गरिन्छ। कार्यसम्पादन मूल्याङ्कन प्रायः कर्मचारीको तत्काल प्रबन्धक वा लाइन प्रबन्धकद्वारा गरिन्छ।[१] कर्मचारीलाई सुम्पेको काम सम्पन्न गर्नु नै कार्यसम्पादन हो ।
कार्य सम्पादन भनेको क्षमता र उत्प्रेरणाको परिणाम हो ।
कुनै पनि कर्मचारीलाई तोकिएको जिम्मेवारी के कति र कस्तो रूपमा पूरा भयो भनेर पूर्व सूचककाे अाधारमा मापन गर्ने तथा मूल्यांकन गर्ने विधि कार्यसम्पादन मूल्यांकन हो । कुनै पनि आग्रह या पूर्वाग्रहबाट विचलित नभर्ई न्यायोचित मूल्यांकन गर्न सकियो भने नै काम गर्ने कर्मचारीलाई हौसला मिल्छ । होइन भने कर्मचारीहरू कुण्ठित बन्नुपर्ने अवस्थाको सिर्जना हुन सक्छ । मूल्यांकन मूल्यांकनकै लागि मात्र नगरी कार्यालय, शाखा या फाँटमा वहन गर्नुपर्ने जिम्मेवारी र प्राप्त उपलब्धिको आधारमा गरिनुपर्छ । प्रगति अपेक्षित रूपमा हुन सकेको छैन भने त्यसको यथार्थ कारण पत्ता लगाइ त्यसमा जिम्मेवार कर्मचारीको कार्यसम्पादनको वास्तविक तवरले विश्लेषणात्मक मूल्यांकन हुनुपर्छ । कार्यसम्पादनको आधारमा मूल्यांकन र मूल्यांकनको आधारमा दण्ड, सजाय, पुरस्कार तथा अन्य सेवा सुविधाहरू चलायमान हुने स्वचालित प्रणाली स्थापित हुनु अनिवार्य छ । सञ्चालित योजना तथा कार्यक्रमको प्रगति तथा प्रभावकारितालाई कार्यान्वयनमा तल्लीन जनशक्तिको कार्यसम्पादन, कार्यदक्षता र कार्यक्षमतासँग जोड्नुपर्छ । कुनै पनि व्यक्तिलाई तोकिएको जिम्मेवारी के कति, कसरी र कुन गुणस्तरमा वहन भएको छ भन्ने निक्र्योल गर्न तथा तदनुरूप भावी कार्यदिशा तय गर्नका लागि कार्यसम्पादन मूल्यांकन गरिनुपर्छ ।
सबै सङ्गठनहरूले कर्मचारीको मूल्यांकन गर्छन । यसमा दुई कुराहरु गरिन्छ ।
- कर्मचारीको सम्पादित काम पुनरावलोकन गरी सबल र दुर्बल पक्षहरूको समीक्षा
- कर्मचारीले भविष्यमा बहन गर्न सक्ने जिम्मेवारीका लागि क्षमता आकलन
कार्यसम्पादन मूल्यांकन प्रक्रिया
[सम्पादन]- कार्यमान स्थापना
- कार्यमान सञ्चार
- सम्पादित कार्य मापन
- अन्तर विश्लेषण
- छलफल
- सुधारात्मक कदम चाल्ने
कार्यसम्पादन मूल्यांकनको उपयोग
[सम्पादन]- कार्य सम्पादन पृष्ठपोषण
- पुरस्कार व्यवस्थापन
- तालिम र विकास
- बढुवा , सुरुवा , अवकाश
- छनोट परीक्षण मान्यता
- सुपरिवेक्षण समझदारी
- वृत्ति विकास र उत्तराधिकार योजना
- नीति निर्धारण
विधिहरु
[सम्पादन]- परम्परागत बिधिहरु
- स्तर निर्धारण विधि
- ग्रेडीङ विधि
- निबन्ध विधि
- दबाबमुलक छनोट विधि
- जोडि तुलना विधि
- आधुनिक विधि
- 360 degree विधि
- उदेश्यद्वारा ब्यस्थापन विधि
- मुल्यांकन केन्द्र विधि
- लागत लेखाङ्कन विधि
- व्यवहार निर्देसित स्तर निर्धारण विधि (BARS method)
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Tyskbo, Daniel (८ मार्च २०२०), "Line management involvement in performance appraisal work: Toward a practice-based understanding", Employee Relations 42 (3): 818–844, डिओआई:10.1108/ER-06-2019-0236।