कालीप्रसाद उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालीप्रसाद उपाध्यायलाई नेपालको पहिलो महान्यायाधिवक्ता मानिन्छ ।

नियुक्ति[सम्पादन गर्नुहोस्]

नेपाल अन्तरिम शासन विधान, २००७ मा महान्यायाधिवक्ता सम्बन्धी कुनै व्यवस्था नभएकोमा सरकारका लागि कानुनी सल्लाहकारको आवश्यकता महसुस गरी कार्यकारिणी आदेशबाटै वि.सं. २००८ साल पौष ८ गते उपाध्यायलाई नेपालको पहिलो महान्यायाधिवक्ताका रूपमा नियुक्ति गरिएको हो । महान्यायाधिवक्ताको नियुक्तिपछि प्रधान न्यायालय ऐन, २००८ मा भएको प्रथम संशोधन (२००९ साल आश्विन ३१ मा जारी) को दफा ४१ (१) ले महान्यायाधिवक्ताको सेवाका शर्तहरू, काम, कर्तव्य र अधिकार निर्धारण गर्‍यो । उक्त दफामा प्रधान न्यायालयको न्यायाधीश हुन लायक व्यक्तिलाई महान्यायाधिवक्ताका रूपमा नियुक्त गर्न सक्ने व्यवस्था गरिएको थियो ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]