सामग्रीमा जानुहोस्

किरण केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किरण केसी
जन्मकिरण केसी
June 30th, 1964
काठमाडौँ, नेपाल
अन्य नामराता मकै
पेशाअभिनेता, निर्देशक

किरण केसी नेपालका हास्यकलाकार हुन्। उनको जन्म ललितपुरको इमाडोलमा २०१४ असार १५ मा भएको थियो। दुर्गाबहादुर र इन्द्रकुमारीका उनी कान्छो र तेह्रौँ सन्तान हुन्। राष्ट्रिय नाचघरमा जागीर खाँदा नै कलाकारिता सुरु गरेका उनले वि.सं २०२८ सालमा 'धानका बाला इलरी- बिलरी....' गीतमा नाचेर उहाँ पहिलोपटक मञ्चमा पुगेका थिए। उनले अभिनय गरेको पहिलो धारावाहिक 'मह'को '१५ गते' हो भने पहिलो चलचित्र शम्भु प्रधानको निर्देशनमा बनेको 'सन्तान' हो।[] केसीले हालसम्म करिब २ सय ५० वटा धारावाहिक शृङ्खला र ८५ वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसेका छन्। केसीले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रज्ञा पुरस्कारका प्राप्त गरेका थिए।[] केसीको बारेमा 'शब्दचित्रमा किरण केसी' नामक पुस्तक २०६५ मा उनकै जन्म दिनमा छापिएको थियो।[] उक्त पुस्तक टीका ढकालले लेख्नुभएको हो। उनका 'ए राता मकै' र 'धरोधर्म माइली'गरि दुईवटा गीति एल्बम पनि आएका छन्।[] | मन पर्ने गीतकार, लेखक : डा.हेमन्त खतिवडा

तथ्यसूत्र

[सम्पादन]
  1. हाँस्यकलाकार किरण केसीको आँखाले के के देख्यो देख्यो, रिपोटर्स नेपाल, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
  2. ६ जना कलाकर्मीलाई राष्ट्रिय प्रज्ञा पुरस्कार, अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
  3. जन्म दिनमा सम्मान र “दालभात तरकारी”, कान्तिपुर दैनिक, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
  4. 'राता मकै र मुखाँ हान्नु' काे मस्तीः अाँप जाेडीदेखि दीपक दीपा बनेर यसरी हँसाए (भिडियो), डिसी नेपाल, अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।

बाह्य सूत्रहरू

[सम्पादन]