सामग्रीमा जानुहोस्

किशोरावस्थाको गर्भधारण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किशोरावश्थाको गर्भधारण बीस वर्ष भन्दा कम उमेरमा गर्भवती हुनु हो। किशोरावश्थाको गर्भधारण विश्वका धेरै मुलुकहरूमा समस्याको रूपमा देखा परेको छ। विश्वव्यापी रूपमा, १५ देखि १९ वर्षका किशोरी तथा बालिकामा मृत्युको प्रमुख कारण गर्भावस्थासम्बन्धी जटिलता हो। किशोरी गर्भावस्थाको परिभाषामा आफ्नो देशको कानुन अनुसार फरक मान्यता रही कानुनी रूपमा वयस्क मानिनेहरू पनि पर्छन्। विश्व स्वास्थ्य संगठन (WHO) ले किशोरावस्थालाई १० देखि १९ वर्ष उमेरको अवधि भनेर परिभाषित गरेको छ। अण्डोत्सर्जन (ovulation) सुरु भएपछि यौन सम्पर्कका कारण गर्भवती हुन सक्छ, जुन पहिलो महिनावारी (menarche) हुनु अघि पनि सम्भव हुन्छ। स्वस्थ र पर्याप्त पोषण पाएका बालिकामा पहिलो महिनावारी साधारणतया १२ देखि १३ वर्ष उमेरमा हुने गर्छ।

सन् २०२१ मा, करिब १ करोड ३३ लाख शिशुहरू (विश्वभर जन्मिएका कुल शिशुहरूको करिब १० प्रतिशत) २० वर्षभन्दा कम उमेरका आमाबाट जन्मिएका थिए।

विश्व स्वास्थ्य संगठन (WHO) ले किशोरावस्थालाई १० देखि १९ वर्ष उमेरको अवधि भनेर परिभाषित गरेको छ। आमाको उमेर गर्भावस्था समाप्त हुने मितिअनुसार निर्धारण गरिन्छ, गर्भाधान भएको अनुमानित मितिअनुसार होइन। त्यसैले १९ वर्षको उमेरमा सुरु भएको तर महिलाको २०औँ जन्मदिन वा त्यसपछि समाप्त भएको गर्भावस्था तथ्याङ्कमा समावेश हुँदैन। यसैगरी, आमाको वैवाहिक अवस्थासम्बन्धी तथ्याङ्क पनि गर्भावस्था समाप्त हुँदा उनी विवाहित छिन् कि छैनन् भन्ने आधारमा तय हुन्छ, गर्भाधान भएको समयमा होइन।

किशोरी गर्भावस्था, जसमा प्रायः १६ देखि १९ वर्ष उमेरका किशोरीहरू गर्भवती हुने गर्थे, अघिल्ला शताब्दीहरूमा निकै सामान्य मानिन्थ्यो, र २०औँ शताब्दीमा सम्म पनि विकसित देशहरूमा पनि प्रचलित थियो। सन् १९५० को दशकको सुरुवाततिर जन्मिएका नर्वेली महिलामध्ये झण्डै चौथाइ किशोरी आमाबन्न पुगेका थिए (सन् १९७० को दशकको सुरुवातमा)। त्यसपछि २०औँ शताब्दीको उच्च दरपछि विकसित विश्वभरि दर निरन्तर घट्दै गएको छ। सन् १९७० को दशकको अन्त्यतिर जन्मिएका नर्वेली महिलामध्ये १० प्रतिशतभन्दा कम किशोरी आमाबन्न पुगेका थिए, र त्यसपछिका वर्षहरूमा दर अझै घट्दै गएको छ।

प्रभाव र असरहरू

[सम्पादन गर्नुहोस्]

आमा र बच्चाको स्वास्थ्यमा

[सम्पादन गर्नुहोस्]

किशोरावस्थाको गर्भावस्थामा विभिन्न गम्भीर समस्याहरू, जस्तै समयअगावै जन्म (premature birth), नवजात शिशुको मृत्यु, मृतशिशु जन्म (stillbirth), तथा कम तौलका बच्चा जन्मिने अवस्था भोग्ने सम्भावना बढी हुन्छन्। किशोरी गर्भवती हुँदा नवजात र मातृ स्वास्थ्यसम्बन्धी जटिलताहरू झन् धेरै देखापर्ने गर्छन्। जस्तैः १४ वर्षभन्दा कम उमेरकी किशोरीहरूमा शारीरिक संरचना पूर्ण रूपमा विकास नभएकाले प्रसूति गर्दा विशेषतः श्रोणि (pelvis) साँघुरो हुने कारण जटिलता बढ्न सक्छ। त्यसैगरी, २० वर्षभन्दा कम उमेरकी युवतीहरूमा प्रसव अवरुद्ध हुने सम्भावना बढी हुन्छ। यदि यस्तो अवस्थामा शल्यक्रिया (सिजेरियन) उपलब्ध नभएमा, प्रसूति मार्गमा फाटो (obstetric fistula) उत्पन्न भई पिसाब वा दिसा बाहिर निस्कने वा "अनियन्त्रित रूपमा योनिमार्गबाट चुहिने" जस्ता गम्भीर अवस्था देखिन सक्छ।[]

सामाजिक असर

[सम्पादन गर्नुहोस्]

जोखिमका कारणहरू

[सम्पादन गर्नुहोस्]
  1. शिक्षामा अवरोध
  2. सानैन उमेरमा सन्तानको जिम्मेबारी गर्नुपर्नै
  3. बृत्ति विकासको अवसर गु्म्ने र सिमत हुने
  4. प्रजनन अंगहरूको पुर्ण विकासभइ नसकेकोले प्रजनन अंगहरूमा जटिलता उप्पन्न हुन्छ।

किशोरावस्थामा बच्चा जन्माउदा आमा र बच्चा दुबैको स्वास्थ्यमा खतरा उत्पन्न हुने तथा जनसङ्ख्या व्यबस्थापन समेत प्रभवित हुन्छ।

प्रतिबन्ध/रोकथाम

[सम्पादन गर्नुहोस्]

समाज र संस्कृतिको अन्तरसम्बन्ध

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Chakole, Swarupa; Akre, Shivani; Sharma, Kapil; Wasnik, Praful; Wanjari, Mayur B. (२०२२-१२), "Unwanted Teenage Pregnancy and Its Complications: A Narrative Review", Cureus 14 (12): e32662, आइएसएसएन 2168-8184, डिओआई:10.7759/cureus.32662, पिएमआइडी 36686124, पिएमसी 9848684 

बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]