कुबलाई खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुबलाई खान
मंगोल साम्राज्यको पाँचौ खागन
चीनमा युआन राजवंशको पहिलो सम्राट
कुबलाई खानको मृत्यु पश्चात तयार गरिएको तस्विर
शासनकाल५ मे १२६०– १८ फेब्रुअरी १२९४
राज्याभिषेक५ मे १२६०
पूर्वाधिकारीमोंगके खान
उत्तराधिकारीटेमुर खान
जन्म२३ सेप्टेम्बर १२१५
मृत्यु१८ फेब्रुअरी १२९४ (७८ वर्ष)
दादु
नाम
मङ्गोलियाली: ᠬᠦᠪᠢᠯᠠᠢ ᠬᠠᠭᠠᠨ
चिनियाँ: 忽必烈
कुबलाई सेतसेन खान
Era dates
中統 (जोंगतोंग) १२६०–१२६४
至元 (जियुआन) १२६४–१२९४
Posthumous name
聖德神功文武皇帝
Temple name
世祖 (शिजु)
खानदानबोजिगिन
वंशयुआन राजवंश
बाबुतोलिउ
आमासोर्घाघटनी बेकी


कुबलाई खान (/ˈkbl ˈkɑːn/;[१] मङ्गोलियन: Хубилай хаан , Xubilaĭ xaan; मध्य Mongol: Qubilai Qayan , "Khagan Qubilai"; सेप्टेम्बर २३, १२१५ – फेब्रुअरी १८, १२९४),[२][३] जन्म कुबलाई (मङ्गोलियन: Хубилай , Xubilaĭ; मध्य Mongol: Qubilai ; पनि spelled Khubilai) र मन्दिरको नाम शिजुबाट पनि चिनिन्थे । उनी मङ्गोल साम्राज्यको पाँचौ खागन हुन भने उनले सन् १२६० देखि सन् १२९४ सम्म शासन गरेका थिए । उनीले सन् १२७१ मा चीनमा युआन राजवंशको स्थापना समेत गरेका थिए र उनको मृत्यु सम्म पहिलो युआन सम्राटको रूपमा शासन चलाएका थिए ।


कुबलाई तोलिउको चौथो छोरा र जंगेज खानका नाती थिए । उनले सन् १२६० मा आफ्नो दाजु पश्चात राजगद्दि सम्हालेका थिए । उनको शासनको शुरूवातमा विवाद तथा सामाज्यमा बेमेलको अवस्था आएको थियो ।[४] कुबलाईको बास्तविक शक्ति चीन तथा मङ्गोलियामा सिमित थियो, यद्यपि खागनको प्रभाव इलखानेटमा र केही कम प्रभाव स्वर्ण होर्डेमा थियो । [५][६][७] तत्कालिन समयमा मंगोल सामाज्यको गणना गर्ने हो भने सामाज्य प्रसान्त महासागर देखि कालो समुद्र, साइबेरिया देखि हालको अफगानिसतानसम्म थियो, जुन संसारको मानव वस्नयोग्य जमिनको करिब १ को पाँचौ भाग हुन्छ ।[८]

सन् १२७१ मा कुबलाई खानले युआन राजवंशको स्थापना गरी हालको मङ्गोलिया, चीन, कोरिया तथा नजिको क्षेत्रहरूमा शासन गरेको थियो भने चीनको सम्राटको भूमिकामा थिए । सन् १२७९ सम्म मङ्गोलहरूले सोंग राजवंश माथि जित हासिल गरी कुबलाई पुरै चीनमा शासन गर्ने पहिलो गैह चिनिया शासक हुन पुगे ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

नेपाली कलाकार अरनिकोले बनाएको कुबलाई खानको तस्विर

कुबलाई खान तोलुइका चौथो छोरा तथा सोघाघतानी बेकिसँगको दोश्रो छोरा थिए । उनका हजुरबुबा जंगेज खानले सुझाव दिए अनुसार उनको आमाले बुद्धिष्ट टनगुट महिला उनको धाइमाको रूपमा राखेका थिए, जसलाई कुबलाईले पछि धेरै सम्मान गर्दथे । सन् १२२४ मा इलि नदि तिर मङ्गोलको खवार्जमियाको जित पश्चात घर फर्कने क्रममा जंगेज खानले आफ्नो नातीहरूको पहिलो शिकार पश्चात उत्सव गरेका थिए ।[९] कुबलाई खान नौ वर्षका थिए र उनले दाजुसँग मिलि खरायलो र जरायो मारेका थिए ।

परिवार[सम्पादन गर्नुहोस्]

कुबलाई खानको पहिलो विवाह तेगुलेनसँग भएको थियो तर उनीको मृत्यु चाडै नै भएको थियो । त्यस पश्चात उनले खोंगिराडका चविसँग विवाह गरेका थिए । सन् १२८१ मा चविको मृत्यु पश्चात कुबलाईले चविको इच्छा अनुसार चविका बहिनी नामबुईसंग विवाह गरेका थिए । [१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kublai Khan".
  2. Rossabi 1988, p. 13
  3. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  4. Encyclopædia Britannica, पृ: ८९३। 
  5. Marshall, Robert, Storm from the East: from Genghis Khan to Khubilai Khan, पृ: २२४। 
  6. Borthwick, Mark (२००७), Pacific Century, Westview Press, आइएसबिएन 0-8133-4355-0  একের অধিক |ISBN=|isbn= উল্লেখ করা হয়েছে (सहायता)
  7. Howorth, H. H., The History of the Mongols II, पृ: २८८। 
  8. Man 2007
  9. Weatherford, Jack, The Secret History of the Mongol Queens, पृ: १३५। 
  10. Man 2004, p. 394