कुबेरबहादुर ओली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुबेरबहादुर ओली एकिकृत नेकपा माओवादीको तर्फबाट संविधानसभा सभासद‍मा चुनिनुभएका माओवादीको थारुवान राज्य समिति सदस्य तथा अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। माओवादी नेता मोहन बैद्य किरणले संविधानसभा सभासदबाट राजीनामा दिएपछि माओवादीले ओली सभासदमा चुनिनुभएको थियो।

रुकुमको छिबाङ -५ नयागाउमा जन्मनुभएका ५८ वर्षीय ओली ०२५ देखि विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिनुभएको थियो। नेकपा मसालमा आबद्ध भए पनि ओली लामो समय शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो। ०५० देखि जिल्ला समितिमा पुग्नुभएका ओली माओवादीले गठन गरेको ०५९मा पहिलो दाङको जनसरकार प्रमुख हुनुहुन्छ। जनयुद्धको भूमिगत काल उहाँले राप्तीमै बिताउनुभयो। हुमा र देवीलालका पुत्र ओलीको हाल दाङको हापुरे -४ विष्णुपुरमा स्थायी बसोबास छ। उहाँको परिवारमा अरु कोही पनि माओवादीको पूर्णकालीन सदस्य छैनन्।

शोषित, उत्पीडित जनतालाई वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनबाट मुक्ति दिलाउन जस्तोसूकै चुनौतीको सामना गर्नसक्ने र्सवहारा विचार अङ्गालेकाले माओवादीलाई जनताले विजयी बनाएको ओली बताउनुहुन्छ। आवश्यकता अनुसार ऐतिहासिक पृष्ठभूमिलाई पनि मध्यनजर गर्दै पार्टीले आफूलाई सभासदमा चुनेको हो भन्ने ओलीको धारणा छ।

शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्‍याउन गास, वास, कपास, शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभुत आवश्यकता पूरा गर्दै सङ्घीय समुन्नत नेपालको नयाँ खाकासहितको नया संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु ओलीको प्रमुख एजेण्डा रहेको छ। जनताका भैपरि आउने दैनिक समस्यालाई समाधान गर्न पहल गर्ने र विकास निर्माणका कामलाई पनि सक्रियतापूर्वक पुरा गर्ने लक्ष्य उहाँको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]