कुर्मी जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुर्मी जाति नेपालका तराई जिल्लाहरूमा बसोबास गर्दै आएको एक जाति हो । यो जाति विशेषगरी झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बााके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा बसोबास गर्दै आएको छ । कुर्मीको जनसङ्ख्या करिब चार लाख छ ।

अन्य देशमा[सम्पादन गर्नुहोस्]

कुर्मीहरू नेपालमा मात्र नभई दक्षिण एसियाकै विभिन्न मुलुकमा बसोबास गर्दै आएको बताइन्छ ।

विश्वास[सम्पादन गर्नुहोस्]

'कुर्मी' एउटा पौराणिक, वैदिक ऐतिहासिक शब्द रहेको पटेल, बर्मा, चौधरी, रायलगायतका थरमा विभक्त उनीहरू चन्द्र वंशअन्तर्गत कुर्म ऋषिका सन्तति रहेको विश्वास गर्छन् ।