कृष्ण छिद्र
Jump to navigation
Jump to search
कृष्ण छिद्र (अङ्ग्रेजी: Black Hole; "ब्ल्याक होल") अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । सामान्य सापेक्षताको सिद्धान्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ जसलाई घटना क्षितिज (अङ्ग्रेजी: Event Horizon) भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले प्वाइन्ट अफ नो रिटर्न को संज्ञा दिएका छन। कुनै पनि ब्ल्याक होलको घटना क्षितिज कत्रो हुन्छ भन्ने कूरो त्यसको पूर्व आकारमा भर पर्छ ।