कोरोना भाइरस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोरोनाभाइरसबाट अनुप्रेषित)

कोरोना भाइरस
भाइरस वर्गीकरण
समुदाय:
समूह चौथो ((+)एसएसआरएनए)
गण:
कुल:
उपकुल:
वंश:
प्रजातिहरू
Coronavirus
प्रजातीहरू

कोरोनाभाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स तथा कोभिड-१९ जस्ता प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।

यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ। यस भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाईसमेत सङ्क्रमण भएको पुष्टी भएको छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

मानिसहरूमा कोरोनाभाइसर सर्वप्रथम सन् १९६० मा देखिएको थियो।[२]

सावधानीका उपायहरू[सम्पादन गर्नुहोस्]

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निम्न सतर्कता अपनाउन सकिन्छ।

  • जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने।
  • खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्रोसँग हात धुने।
  • रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने।
  • भिडभाडमा सावधानी अपनाउने।
  • महत्त्वपूर्ण काम नपरेसम्म बाहिर ननिस्कने।
  • पौष्टिक आहारहरूको सेवन गर्ने ।
  • वृद्धवृद्धा, बालबच्चा तथा रोगीहरूलाई विशेष ध्यान दिने ।
  • माछामासु राम्रोसँग पकाएर मात्र खाने ।
  • अन्जान मान्छेहरु सँग धेरै घुलमिल नगर्ने, हात मिलाउनुको सट्टा टाढैबाट कोरोना नमस्कार गर्ने ।
  • हातले T-zone (नाक,मुख,आंँखा) मा नछुने ।
  • यदि लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्ने।

वास्तविक तथ्यांक[सम्पादन गर्नुहोस्]

वुहान कोरोना भाइरस को संक्रमण को बारेमा वास्तविक तथ्यांक दिनको लागि वेब साइट सन्चालनमा आएको छ [३]https://thewuhanvirus.com/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-३० मिति

कोरोना भाइरस सम्बन्धी तथ्यांक
विवरण संक्रमण उपचारार्थ मृत्यु निको भएको मृत्यु दर निको हुने दर
चिन ८०७७७ १६१३८ ३१५८ ६१४८१ ३.९१% ७६.११%

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

sahabatqq वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-२४ मिति qiuqiu99 वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२३ मिति

  1. https://www.onlinekhabar.com/2020/01/831087
  2. Kahn, Jeffrey; McIntosh, Kenneth (नोभेम्बर २००५), "History and recent advances in coronavirus discovery", Pediatric Infectious Disease Journal 24 (11): s223–s227, डिओआई:10.1097/01.inf.0000188166.17324.60, मूलबाट ५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित। 
  3. https://nepalghatana.com/2020/01/30/5378/