कोष भञ्ज्याङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोष भञ्ज्याङ क्षेत्र, ओखलढुंगा जिल्ला को साविक कटुन्जे र मुलखर्क गा.वि.स. बिचमा पर्ने हाट बजार हो । हालको स्थानीय निकाय संरचना अन्तर्गत यो क्षेत्र सुनकोशी गाउँपालिकाको वडा नं ५ र ९ बिचमा पर्दछ । यो ठाउँमा हरेक मंगलवार हात लाग्दछ र यहि भएर यस छेत्रलाई कोष हाटको नामले पनि प्रचलित छ ।

पश्चिमबाट कोष भञ्ज्याङ क्षेत्रको तस्बिर

इतिहास[सम्पादन गर्नुहोस्]

यो हात बजार काठमाडौं उपत्यकाबाट  पुर्व जाने प्रमुख पदमार्गमा पर्ने गर्दथ्यो । यातायातको तथा राजमार्गको सुरुवात पुर्व मानिसहरूलाई  काठमाडौं उपत्यकाबाट काभ्रे हुदै रोशी खोला तरेर नेपालथोक, मन्थली, साँघुटार , घोडाखोरीबाट कोष हुदै ताप्लेजुङ जिल्ला सम्म जान यहि पदमार्ग प्रचलनमा रहेको थियो । बि.स. २०१३ मा राजा महेन्द्रले पूर्वको भ्रमणको लागि यही बाटो प्रयोग गर्नु भएको थियो । त्यति बेला सम्म यो छेत्रमा बसोबास नरहेको पाईएको छ ।

यो छेत्रमा एउटा कोषे ढुंगा रहेको छ जसले यो क्षेत्र हनुमान ढोकाबाट ३८ कोषमा रहेको सङ्केत गर्दछ । यही कोषे ढुंगाको कारणले गर्दा यस क्षेत्रको नाम 'कोष भञ्ज्याङ' रहन गएको भन्ने प्रचलन छ | यो कोषे ढुंगा बि.स. २०७३ सालमा बाटो बढाउने कामको क्रममा विस्थापित भएको थियो । यो बाहेक यस छेत्रको अर्को चिनारी भनेको यो वाटो प्रयोग गर्ने यात्रुहरूलाई बास बस्न रहेने गरेको ढोके पाटीहो जसको अहिले अस्तित्व हराई सकेको छ ।