हाट बजार
स्वरूप
हाट बजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर, खुला ठाउँ वा खुला सडकमा संचालन हुने गर्दछ। नेपाल, भारत, बङ्गलादेश लगायतका देशमा हाटबजारको प्रचलन पहिले देखि नै रहि आएको छ। हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ, जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन्।[१] नेपालका पूर्वी जिल्लाहरूमा हाटबजारको व्यापकता रहेको पाइन्छ। नेपाल कै औद्योगिक शहर विराटनगरमा पनि प्रत्येक बारको अनुसार तत् तत् निश्चित स्थानमा हप्ताका बारहरूको नाममा यस्ता हाट लाग्ने गर्दछन्। पूर्वी नेपालका आइतबारे, सोमबारे, मंगलबारे, बुधबारे, विहीबारे, शुक्रबारे, शनिबारे, वा शनिश्चरे आदि बजारका ठाँऊका नामहरू साप्ताहिक हाटको नामबाट रहेका हुन्। त्यसैगरी नवमीडाँडा, पञ्चमी, सप्तमी पनि पाक्षिक हाटबाट रहेका नामहरू हुन्।
चित्र दीर्धा
[सम्पादन गर्नुहोस्]-
'सप्ताहिक हाट' दोरागुडा, उडिसा, भारत।
-
'सप्ताहिक हाट' दोरागुडा, उडिसा, भारत।
-
'सप्ताहिक हाट' भनिमण्डल, ललितपुर, नेपाल।
-
सप्ताहिक हाटमा राखेका उत्पादनहरू, भनिमण्डल, ललितपुर, नेपाल।