क्याथलिन बेट्स
क्याथलिन बेट्स | |
|---|---|
बेट्स २०१५ को एक समारोहमा | |
| जन्म | क्याथलिन डोयले बेट्स २८ जुन १९४८ मेमफिस, संयुक्त राज्य अमेरिका |
| मातृ शिक्षाप्रतिष्ठान | दक्षिणी मेथोडिस्ट विश्वविद्यालय |
| पेशा |
|
| कार्यकाल | १९७१- वर्तमान |
| जीवनसाथी |
टोनी क्यामपिसी
( वि १९९१; सवि १९९७) |
| आफन्त | फिनिस एल बेट्स |
| वेबसाइट | mskathybates |
क्याथलिन डोयले "क्याथी" बेट्स (जन्म जुन २८, १९४८)[१] एक अमेरिकी अभिनेत्री र निर्देशक हुन्। उनले केही छोटो भूमिकाबाट चलचित्र र टेलिभिजनको दुनियामा आएकी थिइन्। उनले सन् १९९० मा 'मिसेरी' नामक चलचित्र अभिनयको कारण उत्कृष्ट अभिनेत्रीको एकेडेमी पुरस्कार पाउन सफल भएकी थिइन्।[२] उनले यस वाहेक 'फ्रिड ग्रिन टोमटोज' (१९९१), 'डोलोरेस क्लाइबोर्न' (१९९५) र 'टाइटानिक' (१९९७) मा अभिनय गरेकी छन्।[३][४]
जीवनी
[सम्पादन गर्नुहोस्]बेट्सको जन्म मेमफिस, टेनेसीमा भएको हो। उनी आफ्नो परिवारकी सबैभन्दा सानो सदस्य थिइन्। उनको आमा र बुवा दुवै इन्जिनियर थिए। उनको परिवार मध्येका एक जना हजुरबुवा अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याक्सनको डाक्टरको रूपमा कार्य गरेका थिए।[५] उनले स्नातकको शिक्षा दक्षिणी मेथोडिस्ट विश्वविद्यालयबाट सन् १९६९ मा गरेकी थिइन्।[६] उनी सन् १९७० मा अभिनय गर्न न्युयोर्क आएकी थिइन्।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Kathy Bates - Biography", मूलबाट मे २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०१९।
- ↑ Bagger, The (जनवरी ९, २००९), "Kathy Bates: An Oscar and a Lovely Career to Go With It", The New York Times, अन्तिम पहुँच जनवरी १७, २०११।
- ↑ "Kathy Bates", emmys.com, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१२। अभिलेखिकरण मे १५, २०१३ वेब्याक मेसिन
- ↑ Prudom, Laura (१५ मार्च २०१३), "'American Horror Story: Coven':Kathy Bates To Star In Season 3, Featuring Witches And Filming In New Orleans", The Huffington Post, अन्तिम पहुँच मार्च १८, २०१३।
- ↑ "Public Interview with Kathy Bates", ScottsMovies.com. Scott's Movie Comments., मूलबाट अगस्ट २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०१५।
- ↑ "University of Washington Panhellenic Association - Alpha Delta Pi", अन्तिम पहुँच २०१५-०८-१२।
- ↑ "Kathy Bates Biography", अन्तिम पहुँच २०१५-०८-१२। अभिलेखिकरण २०१३-०८-०३ वेब्याक मेसिन