खश आर्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इरानको कसक्षेत्र ,अफगानिस्तानको खसनदी, बडा-खासन , खसभुमि क्षेत्रहुँदै पाकिस्तान ,कश्मीर, कुमाऊ -गडवालबाट तत्कालीन भारतवर्ष र वर्तमान नेपालको भूगोलमा आजभन्दा दुई हजार वर्ष पहिले प्रवेशगर्ने मष्टो देवता मान्ने जतिलाई खस भनिएको छ | यो खस समुदाय भित्र धेरै जातिहरू पर्दछन | दक्षिण भारत गङ्गाको मैदानबाट आएका बैदिक आर्य भन्दा खस आर्य सिन्धू घटीबाट ढिलो आएका हुन् | हिन्दुधर्मशास्त्र अनुसारको सभ्यताको सवालमा बैदिक आर्य भन्दा खस आर्य निम्नकोटिका भनेर नेपालका इतिहासकार डा.सुर्यमणि अधिकारीले खस साम्राज्यको इतिहासमा लेखेका छन् |