खुदिराम बसु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खुदिराम बसु
Khudiram Bose
सन् १९०५ मा बसु
जन्म(१८८९-१२-०३)डिसेम्बर ३, १८८९
मदिनापुर बङ्गाल, बेलायती भारत
मृत्यु११ अगस्ट १९०८(१९०८-०८-११) (१८ वर्ष)
खुदिराम बसु रेलवे स्टेसन
राष्ट्रियताभारतीय
पेशाभारतीय स्वतन्त्रता लडाकु
चिनारीको कारणभारतीय स्वतन्त्रता आन्दोलन
राजनीतिक कृयाकलापभारतीय स्वतन्त्रता आन्दोलन

खुदिराम बसु वा खुदिराम बोस (बाङ्ला: ক্ষুদিরাম বসু, जन्म: ३ डिसेम्बर १८८९, मृत्यु: ११ अगष्ट १९०८) बेलायती शासनको विरोध गर्ने एक बङ्गाली क्रान्तिकारी युवा थिए।[१]

बेलायती विरुद्ध आन्दोलनमा खुदिराम बसु प्रफुल्ल चाकिरसँग मिलेर सवारीसाधनमा एक बेलायती न्यायाधीश किङ्सफोर्ड छन् भन्ने आसङ्कामा उनको हत्या गर्ने प्रयास गर्दै बम फ्याँकेका थिए। यद्यपि किङ्सफोर्ड अर्को सवारीसाधनमा सवार थिए र दुई जना बेलायती महिलाहरू मारिएका थिए जहाँ मिसेस क्यानेडी र उनकी छोरीको रहेकी थिइन्।[२][३][४][५] यसै घटनापछि प्रफुल्ल चाकिले पक्राउ पर्नु अघि आत्महत्या गरेका थिए भने खुदीराम पक्राउ परे उनलाई मृत्युदण्डको आदेश दिइयो।

मृत्युदण्डको समयमा खुदीराम मात्र १८ बर्ष १ महिना र ११ दिन थिए जसले उनलाई सबैभन्दा कान्छो भारतीय क्रान्तिकारी बनायो। यद्यपि महात्मा गान्धीले खुदिरामलाई समर्थन गरेनन्, उनले अङ्ग्रेज विरुद्धको हिंसाको निन्दा गरे भने उनी दुई निर्दोष महिलाको मृत्युमा उनी दु:खी भएका थिए। उनले भने कि भारतीय जनता यस विधिबाट स्वतन्त्र हुन सक्दैनन। यद्यपि बाला गङ्गाधर तिलकले तुरुन्तै आफ्नो अखबार केसरीमा दुई युवाको सहयोग खोजियो र तुरुन्तै स्वराजलाई पनि पक्राउ गर्न आदेश दिइएको थियो।[६] फलस्वरूप, बेलायती औपनिवेशिक सरकारले तत्काल तिलकलाई देशद्रोहको आरोपमा पक्राउ गरेको थियो।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

खुदिराम बसुको जन्म ३ डिसेम्बर १८८९ मा बङ्गालको मेदिनीपुर जिल्लाको केशपुर प्रहरी चौकी अन्तर्गत रहेको मोहोबनी नामको सानो गाउँमा भएको थियो। उनका बुबा नेरजोलमा तहसीलदार थिए। खुदिराम तीन दिदीहरू पछि चौथोँ सन्तान थिए। खुदिरामको बुवाआमा त्रैलोक्यनाथ बोस र लक्ष्मीप्रिया देवीको खुदीरामको जन्म हुनुभन्दा अघि उनका दुई छोरा थिए तर दुवैको अकालमै मृत्यु भएको थियो।[७] परम्परागत रीतिथितिमा चल्दा यो नवजात शिशुलाई सानै उमेरमा उनको मृत्यु हुनबाट बचाउनको निम्ति स्थानीय रूपमा खुद भनेर चिनिने तीन मुट्ठी खाद्यान्नको बदले उनकी जेठी दिदीलाई बेचिएको थियो र खुदको बदलामा उनलाई बेचिएको कारण उनको नाम खुदिराम राखिएको थियो।[८]

खुदिराम छ वर्षको छँदा उसले आफ्नो आमालाई गुमाएका थिए भने उनको आमाको मृत्यु भएको एक वर्ष पश्चात् उनको बुवाको पनि मृत्यु भएको थियो। उनकी दिदी अपरूप रोयले उनलाई दास उनलाई दासपुर प्रहरी चौकी अन्तर्गत हातगच्छ गाउँमा उनको घरमा ल्याएकी थिइन्।[९] अपरुपका श्रीमान अमृतालाल रायले उनलाई तामलुकको ह्यामिल्टन उच्च विद्यालयमा भर्ना गराएका थिए।

सन् १९०२ र १ १९०३ मा, श्री अरबिन्द र बहिनी निवेदिता मिदनापुर गएका थिए। तिनीहरू स्वतन्त्रता को लागि विद्यमान क्रान्तिकारी समूहहरूसँग सार्वजनिक व्याख्यान र निजी सत्र को एक श्रृङ्खला आयोजना गरिएको थियो। खुदिराम एक किशोरको रूपमा क्रान्तिको बारेमा छलफलमा सक्रिय सहभागी थिए। [१०]

वास्तवमा उनी अनुशीलन समितिमा सम्मिलित भए र कलकत्ताका बरिन्द्रकुमार घोषको सञ्जालमा सम्पर्कमा आए। उनी १५ वर्षको उमेरमा स्वयंसेवक भए र उनलाई भारतमा बेलायती शासनको विरुद्ध प्रचार सामग्री वितरण गरेको कारण पक्राउ गरिएको थियो। १६ वर्षको जवान उमेरमा खुदिरामले प्रहरी चौकी नजिक बम रोक्नमा भाग लिए र सरकारी अधिकारीहरूलाई निशाना बनाएका थिए।

क्रान्तिकारी गतिविधि[सम्पादन गर्ने]

सन्‌ १९०७ मा बरिन्द्रकुमार घोषले आफ्नो सहयोगी हेमचन्द्र कानुन्गोलाई पेरिस जाने प्रबन्ध मिलाए र निर्वासनमा रहेका रूसी क्रान्तिकारी निकोलस सफ्रन्स्कीबाट बम बनाउने तरिकाहरू सिकेका थिए।बङ्गाल फर्केपछि हेमचन्द्र र बरिन्द्र कुमारले फेरि सहकार्य गरे र डग्लस किङ्सफोर्ड अर्को लक्ष्यको रूपमा छनौट गरेका थिए।[११] किङ्सफोर्ड अलिपुरको प्रेसीडेन्सी अदालतका प्रमुख न्यायीक अधिकारी थिए र उनले भूपेन्द्रनाथ दत्त र जुगन्तर जस्ता अन्य सम्पादकहरूको मुद्दाको निरीक्षण गर्दै तिनीहरूलाई कडा कारावासको सजाय सुनाएका थिए। जुगान्तर आफैले बदमाश सम्पादकीयहरूको साथ जवाफ दिए, जसमा थप मुद्दा चलाइयो र यसले सन् १९०८ सम्ममा आर्थिक क्षति पुर्‍याएक‍ थियो। यी मुद्दाले उक्त कागजलाई अझ प्रचारित तुल्यायो र अनुशिल समितिको क्रान्तिकारी राष्ट्रवादको विचारधारा फैलाउन सहयोग पुर्‍यायो। यद्यपि त्यसबाट टाढा नभए पनि शुक्ला सान्यालका अनुसार क्रान्तिकारी आतङ्कवादले विचारधाराका रूपमा बङ्गालको महत्वपूर्ण जनसमुदायको समर्थन प्राप्त गर्न थाल्यो।[१२]

जुगन्तरको मुद्दामा भएको प्रदर्शनमा भाग लिएको आरोपमा एक जवान बङ्गाली यवा सुशील सेनलाई कोर्रा लगाउने आदेश दिएपछि किङ्सफोर्ड राष्ट्रवादी जनतामा बदनाम पनि गरे। त्यस्तै अलिपुरको प्रेसीडेन्सी अदालतको चीफ मजिस्ट्रेटको पदमा रहँदा किङ्सफोर्ड युवा राजनीतिक कार्यकर्ताहरूमाथि कठोर र क्रूर सजाय पाएकोमा अलोकप्रिय बने।[१३] उनले त्यस्ता कर्मचारीहरूलाई शारीरिक सजाय पनि दिएका थिए।

राजद्रोहको आरोपबाट मुक्ति[सम्पादन गर्ने]

खुदिराम बसु अङ्ग्रेज सिपाहिहरूको गिरफ्तमा फेब्रुअरी १९०६ मा मिदनापुरमा एक औद्योगिक तथा कृषि प्रदर्शनीमा परेका थिए। प्रदर्शनी हेर्नका लागि नजिको प्रदेशहरूबाट हजारौँ मानिसहरू आउन लागेका थिए।[१४] बङ्गालको एक क्रान्तिकारी सत्येन्द्रनाथ द्वारा लिखित ‘सोनार बाङ्ला’ नामक पत्रकको प्रचारक सामग्री खुदीरामने यस प्रदर्शनीमा बाँढेका थिए। जसकारण एक प्रहरी उनलाई गिरफ्तार गर्न अग्रसर देखिएका थिए तर उनी त्यहाँबाट भाग्न सफल भएका थिए। यस प्रकरणमा राजद्रोहको आरोपमा सरकारले उनी माथि अभियोग चलायो तर सबुत फेला नपरेका कारण खुदीराम निर्दोषी बन्दै कैद छुट भएका थिए।[१५] इतिहासवत्ता मालती मलिकको अनुसार २८ फेब्रुअरी १९०६ मा खुदीराम बसुलाई गिरफ्तार गरिएको थियो तर उनी कारागारबाट भाग्न सफल भएका थिए। लगभग दुई महिना पश्चात् अप्रिलमा उनी पुनः पक्राउमा परेका थिए भने उनलाई १६ मे १९०६ मा रिहा गरिएको थियो।[१६] ६ डिसेम्बर १९०७ मा खुदीरामले नारायणगढ रेलवे स्टेसनमा बङ्गलाका गभर्नरको एक विशेष रेलमा हमला गरेका थिए तर गभर्नर बच्च सफल भएका थिए। सन् १९०८ मा उनले दुई अङ्ग्रेज अधिकारिहरू वाट्सन र पेम्फायल्ट फुलर माथि बम हमला गरेका थिए तर ती दुई अधिकारीहरू पनि बाँच्न सफल भएका थिए।[१७]

न्यायाधीश किङ्सफोर्डको हत्या प्रयास[सम्पादन गर्ने]

मिदनापुरमा ‘युगान्तर’ नामको क्रान्तिकारीहरूको एक गुप्त संस्थाको माध्यमबाट खुदिराम क्रान्तिकार्यमा जुटेका थिए। १९०५ मा लर्ड कर्जनले जब बङ्गालको विभाजन गरे तब उसको विरोमा सडकमा थुप्रैपटक प्रदर्शनी भएको थियो भने भारतीयहरूलाई तात्कालिक समयका कलकत्ताका न्यायीक अधिकारीले किङ्सफोर्डने दण्डित गरेका थिए।[१४] त्यसपछिका अन्य मामलाहरूमा पनि उनले क्रान्तिकारिहरूलाई हदैसम्मको कष्ट दिएका थिए। यसको फलस्वरूप किङ्सफोर्डको पदोन्नति भएको थियो भने उनलाई मुजफ्फरपुरमा सत्र न्यायाधीशको पद सम्हाल्न पठाइएको थिए। ‘युगान्तर’ समितिको एक गुप्त बैठकमा किङ्सफोर्डको हत्या गर्ने योजना बनाइएको थियो भने यस कार्यका लागि खुदिराम तथा प्रफुल्लकुमार चाकीलाई चयन गरिएको थियो।[१५] खुदीरामलाई पछि एक बम तथा बन्दुक दिइएको थियो भने प्रफुल्लकुमारलाई पनि एक बन्दुक हस्तान्तरण गरिएको थियो।[१६] मुजफ्फरपुरमा आए पश्चात् सबैभन्दा पहिला खुदिराम र प्रफुल्ला कुमारले किङ्सफोर्डको बङ्गलाको निगरानी गरेका थिए।[१७] उनीहरूले किङ्सफोर्डको बग्घी तथा उसको घोडाको रङ्ग देखेका थिए भने खुदिरामले किङ्सफोर्डको कार्यलयमा गाएर उनलाई नजिकबाट निहालेर पनि आएका थिए।

अङ्ग्रेजहरूको अत्याचारको विरोधमा पहिलो बम[सम्पादन गर्ने]

३० अप्रिल १९०८ मा खुदिराम र प्रफुल्ला कुमार नियोजित कामका लागि बाहर निस्किए र किङ्सफोर्डको बङ्गलाको बाहिर किङ्सफोर्ड घर फर्किने समयको प्रतीक्षामा कुरिरहेका थिए। बङ्गलाको निगरानी गर्ने प्रहरी तथा गुप्तचरहरूले उनीहरूलाई त्यहाँबाट हटाउने कोशिश गरेका थिए तर उनीहरूक‍ चलाखीपूर्ण रूपमा जवाफ दिँदै त्यहि स्थानमा रोकीए। रातको साँढे आठ बजेको हाराहारीमा क्लबबाट किङ्सफोर्डको रथ जस्तै देखिने एक सवारीसाधन उनीहरूक‍ अगाडिबाट गएक‍ थियो भने उनीहरू त्यस सवारीसाधनलाई पछ्याउन सुरु गरेका थिए। सडक चारैतिर अँध्यारो थियो। उक्त गाडी किङ्सफोर्डको बङ्गला तर्फ आउन लाग्दा खुदिरामले उक्त सवारीसाधनलाई निसाना बनाएर जोडसँग बम फ्याँके। यस बमको विस्फोटनको आवाज त्य‍ो रात तीन माइल सम्म सुनिएको थियो भने त्यस घटनाको केही दिन पश्चात् उक्त खबर इङ्ल्याण्ड तथा युरोपसम्म पनि पुगेको‍ थियो। यद्यपि किङ्सफोर्ड अर्को सवारीसाधनमा सवार थिए भने किङ्सफोर्डको जस्तै देखिने एक सवारीसाधनमा सवार दुई जना बेलायती महिलाहरू मारिएका थिए जहाँ मिसेस क्यानेडी र उनकी छोरीको रहेकी थिइन्। खुदिराम तथा प्रफुल्लकुमार दुवै रातारात घटनास्थलबाट भागेर २४ माइल पर रहेको वैनी रेलवे स्टेसनमा गएर विश्राम गरेका थिए।

गिरफ्तारी[सम्पादन गर्ने]

अङ्ग्रेज प्रहरी खुदिराम र प्रफुल्ला कुमारलाई गिरफ्तार गर्न सक्रिय भएका थिए भने वैनी रेलवे स्टेसनमा उनलाई घेर हालिएको थियो। आफुलाई प्रहरीले घेरा हालेपछि प्रफुल्लकुमार चाकीले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए भने खुदीरामलाई गिरफ्तार गरिएको थियो। ११ अगष्ट १९०८ मा भगवतगीतालाई हातमा लिएर खुदिराम धैर्यको साथ खुशी - खुशी फाँसीमा चढेका थिए। किङ्सफोर्ड उक्त घटना पछि जागिर छाडेका थिए भने जुन क्रान्तिकारीहरूलाई उनले हदैसम्मको कष्ट दिएका थिए उनीहरूको पनि छिटै मृत्यु भएको थियो।

लोकप्रियता[सम्पादन गर्ने]

मुजफ्फरपुर कारागार जहाँ न्यायीक अधिकारीले उनलाई फाँसी दिइने फैसला सुनाएका थिए, उनले पछि भने कि खुदिराम बसु बाघको बच्चा जसरी निर्भक तथा निडर भएर फाँसीको पासो लगाउन अघि बढेका थिए। मृत्युदण्डको समयमा खुदीराम मात्र १८ बर्ष १ महिना र ११ दिन थिए जसले उनलाई सबैभन्दा कान्छो भारतीय क्रान्तिकारी बनायो। खुदिराम सहिद बनेपछि उनको लोकप्रियता झन बढेको थियो भने बङ्गालका सिलाई बुनाई गर्नेहरूले खुदिरामको नाममा एक फलर किसिमको धोती सिलाउन सुरु गरेका थिए।

उनको साहसिक योगदानहरूलाई अमर गर्नका लागि गीत रचना गर्न थालिएको थियो र उनको बलिदान लोक गीतको रूपमा बज्न थालेको थियो। उनको सम्मानमा भावपूर्ण गीतहरूको रचना भए जसलाई बङ्गालका लोक गायक गाउने गर्छन्। इतिहासवत्ता शिरोलको अनुसार बङ्गालकोे राष्ट्रवादिहरूका लागि उनी एक वीर सहिद तथा अनुकरणीय भएका थिए। विद्यार्थिहरू तथा अन्य मानिसहरूले उनको मृत्यु पनि शोक मनाएका थिए जसकारण थुप्रै दिनका लागि विद्यालय तथा क्याम्पसहरू बन्द भएका थिए भने तात्कालिकमा युवाहरूले खुदिराम लेखेको धोती लगाउन सुरु गरेका थिए। क्रान्तिवीर खुदीराम बसुको स्मारक बनाउने योजना कानपुरका युवकहरूले बनाएका थिए भने उनीहरूको पछाडी थुप्रै युवक यक स्वतन्त्रता-यज्ञमा आत्मार्पण गर्नका लागि आएका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Calcutta High Court Khudiram Bose vs Emperor on 13 July, 1908", Indian Kanoon, अन्तिम पहुँच ५ जुन २०१८ 
  2. Rama Hari Shankar (1996). Gandhi's encounter with the Indian revolutionaries. Siddharth Publications. प॰ 48. ISBN 978-81-7220-079-4. https://books.google.com/books?id=F0duAAAAMAAJ. अन्तिम पहुँच मिति: 5 June 2018. 
  3. Lakshiminiwas Jhunjhunwala (2015). Panorama. Ocean Books Pvt. Limited. pp. 149–. ISBN 978-81-8430-312-4. https://books.google.com/books?id=NmtsCwAAQBAJ&pg=PA149. अन्तिम पहुँच मिति: 5 June 2018. 
  4. Mahatma Gandhi (1962). Collected works. Publications Division, Ministry of Information and Broadcasting, Govt. of India. प॰ 223. https://books.google.com/books?id=tz9uAAAAMAAJ. अन्तिम पहुँच मिति: 5 June 2018. 
  5. Bhaskar Chandra Das; G. P. Mishra (1978). Gandhi in to-day's India. Ashish. प॰ 51. OCLC 461855455. https://books.google.com/books?id=EnceAAAAMAAJ. अन्तिम पहुँच मिति: 5 June 2018. 
  6. "The story of our independence: Six years of jail for Tilak", Hindustan Times, २०१५-०८-०८, अन्तिम पहुँच २०१८-०८-११ 
  7. Agarwal 2006
  8. "Khudiram Bose", iloveindia.com, अन्तिम पहुँच २०१७-०८-२५ 
  9. Samaddar 2005
  10. "Khudiram Bose", midnapore.in, अन्तिम पहुँच २०१७-०८-२५ 
  11. Popplewell 1995, p. 104
  12. Sanyal 2014, pp. 91–92
  13. Sanyal 2014, p. 93
  14. १४.० १४.१ Heehs 2008, p. 156
  15. १५.० १५.१ Heehs 2008, p. 157
  16. १६.० १६.१ Ryves 1908
  17. १७.० १७.१ Chaturvedi 2007