सामग्रीमा जानुहोस्

खोरेत रोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो। यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग पर्न गएको हो। यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ। यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्छन्। यदी खोरेत रोगको बेलैमा ध्यान पुगाउन न सकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्छ। खोरेत रोगको विषाणु - अति सुक्ष्म - थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको (High reproductive potential) - बाहिरी बातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । - छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र - विभिन्न जातका जनावरलार्य एकैपल्ट आक्रमण गर्न सक्ने क्षमताका कारण महामारीको रुपमा पैmलिन्छ ।

प्रकार खोरेत विषाणु ७ प्रकारका हुने भएता पनि नेपालमा - ओ, - ए, - एशिया–वान को कारण महामारी पैmलिने गरेको पाइन्छ । केही समय यता पान एसिया टोपो टाइप (Pan Asia topotype) ओ भाइरसका कारण वयस्क पशुहरुमा समेत विरामीदर र मृत्युदर बढी देखिएको छ र घातक रुपमा महामारी पैmलिने गरेको पाइन्छ । खोरेत गाई, भैंसी, भेडा, बाख्रा, सुंगुर, बंगुर, बदेल, हात्ति लगायत खुरफट्टा जंगली जनावरमा देखा पर्ने भयानक सरुवा रोग हो । यसले उत्पादनमा मात्र कमी ल्याउने होईन कि साना पाडाबाच्छामा मृत्यु दर पनि बढि हुन्छ । यो रोग लागेमा गर्भिणी माउले तुहाउंछ । यो रोग विभिन्न जनावर जातमा एकै पटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भएता पनि थोरै मात्र मर्ने गर्दछ । खोरेत रोग नेपालमा बाह्रै महिना तराई, पहाड र हिमाली जिल्लहरुमा देखा परिरहन्छ र पशु आवतजावत नै रोग प्रकोपको मूल आधार हो । नेपालमा खोरेत रोगको अवस्था

सन् २०१३ मा जम्मा २६६ रिपोर्टहरू प्राप्त भएकोमा १२ पुर्वाञ्चल, १०० मध्यमाञ्चल, २१ मध्य पश्चिमाञ्चल, ११६ पश्चिमाञ्चल र १७ वटा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रका थिए। प्राप्त रिपोर्टहरु मध्ये पहाडी जिल्लाहरूबाट सबैभन्दा धेरै ६९ प्रतिशत, तराईबाट २० प्रतिशत र हिमाली क्षेत्रबाट ११ प्रतिशतको आँकडा देखिन्छ।अधिकांश प्रकोपहरू ठूला पशुहरूमा (१८६) त्यसपछि क्रमशः साना पशु (६६) र बंगुरमा (१६) देखापरेका थिए।


चित्र १: जिल्लाहरुबाट सन् २००४ देखि २०१३ सम्म प्राप्त खोरेत रोगको विवरणमा आधारित

नेपालमा खोरेत रोगले पु¥याएको आर्थिक क्षति

नेपालमा खोरेत रोगले पु¥याएको आर्थिक क्षति प्रत्येक पटकको खोरेत रोग प्रकोपमा प्रभावित घरधुरीहरूको विस्तृत विवरण आवश्यक पर्ने भएकोले नेपालमा खोरेत रोगबाट प्रत्येक वर्ष हुने समग्र आर्थिक क्षतिको अनुमान गर्न कठिन छ।

कुनै गाउँमाखोरेत रोगको एउटा प्रकोप हुँदा २० देखि ४० प्रतिशतसम्म घरधुरीहरू प्रभावित हुनसक्ने सम्भावना रहन्छ।एउटा गाउँमा सरदर ५० देखि २०० सम्म घरधुरी हुन्छन्। कम लागतमा खोरेत रोगको असर न्यूनिकरण गर्न चेतना अभिवृद्धि, गाउँ र जिल्लास्तरका प्राविधिकहरूलाई तालिमको व्यबस्था सहितको कुशलरोग नियन्त्रण रणनीति आवश्यक छ।

खोरेत रोग रोकथामका लागि अपनाइएको रणनीति - रोग प्रकोपको अन्वेषण र रोग विरुद्ध स्थानीय प्रयासः यस अन्तर्गत लाक्षणिक खोरेत प्रकोपको परिमाण, ढाँचा, असर र जोखिमका कारकहरू बारेको व्याख्याको साथै यसबाट हुने प्रत्यक्ष क्षति न्यूनिकरण गर्ने विषयहरू पर्दछन् - एन.एस.पी (ल्क्ए) सिरोलोजिकल सर्भेः यस अन्तर्गत खोरेत रोग नियन्त्रण रणनीतिक योजना कार्यान्वयनको प्रस्थान बिन्दुको रुपमा खोरेत रोग संक्रमणको विद्यमान अवस्थाको आँकलन गर्ने विषयहरू पर्दछन् - उत्पादन श्रृंखला विश्लेषणः यसको उद्देश्य खोरेत रोगबाट प्रभावित हुने ठूला चौपाया (गाई, भैंसी), साना चौपाया (भेंडा, बाख्रा) र बंगुर लगायतका पशुहरूको वितरण, आवतजावत, पशुजन्य उत्पादन, पशु व्यवस्थापन प्रणाली र पशु आहारामा खोरेत रोगले पार्न सक्ने जोखिम सम्बन्धी जानकारी प्राप्त गर्ने विषयहरू पर्दछन् - जोखिम विश्लेषण र जोखिममा आधारित खोरेत रोग नियन्त्रण रणनीति तर्जुमा यसको उद्देश्य खोरेत रोगको प्रकोप हुने क्षेत्रहरू पहिचान गरी माथि उल्लेखित विवरणहरू प्रयोगद्वारा जोखिममा आधारित खोरेत रोग नियन्त्रण रणनीतिक योजना तयार पार्नु हो। - सचेतना तथा प्रचार प्रसार यसको उद्देश्य खोरेत रोग रोकथाम र नियन्त्रण सम्बन्धमा सरोकारवालाहरू (कृषक, सहकारी प्राविधिक, व्यापारी, उद्योगी र सुरक्षाकर्मी आदि) को सचेतना अभिवृद्धि गरी रोगको असर न्यूनिकरण र यथाशिघ्र रिपोर्ट गर्नु रहेको छ । - पशु हाट बजारको व्यबस्थापन यसको उद्देश्य जैविक सुरक्षाका उपायहरू अबलम्बन, बजारको संरचनामा सुधार र रोगी पशुहरूलाई बजार प्रवेशमा रोक लगाई पशु हाटबजारलाई व्यवस्थित गरी रोग फैलिने जोखिममा कमी ल्याउन’ हो।

रोकथामः - गोठलाई सफा गरि राख्ने र पशुलाई सकेसम्म बंधुवा गरि पाल्ने । - रोगी पशुलाई बेग्लै राख्ने र रोगी पशुले दुषित बनाएको दानापानी आदिलाई गाडि दिने । - रोगबाट मरेकोलाई पनि गहिरो गरि खाल्डोमा पुर्नु पर्दछ । - निरोगी पशुलाई ६।६ महिनामा खोरेत रोगकोे एफ.एम.डी. भ्याक्सीन लगाउनु पर्दछ । - रोग फैलिएको शंका लागेमा नजिकको सेवा केन्द्रमा तुरुन्तै खबर गर्नु पर्दछ ।

रोगको लक्षण

[सम्पादन गर्नुहोस्]

लक्षणहरुः - शुरुमा पशुले राम्ररी नखाने । - मुख तथा गिजामा पानी पोका आउने र पछि फुटेर घाउ बन्ने - र्याल काढ्न - जिब्रोमा घाउ बन्न - झोक्राउने नउग्राउने । - धेरै ज्वरो आउंछ । - खुरको कापमा घाउ हुन्छ र पशुले लंगडाउंछ । - कल्चौडामा फोका उठ्ने र पछि थुनेलो हुन - गर्भिणी पशुले तुहाउन

कतिपय ठाउँमा खोरेत लागेको पशुलाई हिलोमा गाड्ने चलन छ यसो गर्दा घाउमा झिंगा बस्न पाउँदैन तर घाउलाई अझ बढी संक्रमण भने बढाउँदछ र घाउ पनि ढिलो निको हुन्छ। त्यसैले कहिले पनि पशुलाई हिलोमा गाड्नुहुदैन ।



उपचार - मुखको घाउमा फिटकिरी पानीले सफा गर्ने - खुट्टाको घाउमा पोटास पानी वा डिटोल वा निलो वा १० प्रतिशत कपर सल्फेटको झोलले किरा परेको घाउ सफा गर्ने र कुनै मलम औषधि लगाउने । - Broad spectrum antibiotics प्रयोग गर्ने - सुख्खा ठाउंमा राखि उपचार गन - प्राविधिकको सहयोग लिनु राम्रो हुन्छ ।