गङ्गा जमुना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गङ्गाजमुनाबाट अनुप्रेषित)

गंगा जमुना धादिङ जिल्लाको फुलखर्क गाउँ विकास समितिको वडा नम्बर ४ मा पर्ने ढाँडखर्क सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा परेकोको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मिटरको हाराहारीमा पर्ने गंगा र जमुना नाम रहेको ठाउँमा सप्तरङ्गी इन्द्रेणीको एक अति आकर्ष दृश्य देख्न सकिन्छ । यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले झनै आकर्षण थपेको छ । गंगा जमुनाकै साथमा करिब २०० मिटर मा पश्चिमपट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]