सिद्धलेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धादिङ जिल्लाको नलाङ गाउँ विकास समितिको वडा नम्बर १ र सलाङ गाउँ विकास समितिको वडा नम्बर ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण स्थलको रूपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ । त्यसकै साथमा रहेको १५२५ मिटर अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गाउँ विकास समितिहरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]