गडौली खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गडौलीखोला जनकपुर अञ्चल सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढी महेन्द्रमाला पर्वत (महाभारत डाँडो) मा पर्दछ । यो भुभाग राजा जनकको कर्म भूमि हो भन्ने भनाई रहीआएको छ । ऋषि आश्रमको लागि महाभारत पर्वत नै सबैभन्दा उपयुक्त भूमि थियो । त्यसैले महााभारत पहाडमा सप्तऋषि महर्षिजनले निवास गरेका थिए । यस क्षेत्रभित्र अनेक देशभक्तिहरु विराजमान छन् । वादरायण रचित १८ पुरान ,महााभारत ,ब्रम्हशुत्र आदि ग्रन्थ यिनै भूमिमा बसेर लेखिएका हुन् । यसरी महाभारत डाँडोमा निवास गर्ने विभिन्न ऋषि महर्षिहरु मध्येका एक गौतम ऋषि हुन् । गौतम ऋषिको आश्रम बागभैरवको थुम्कोमा थियो । सिन्धुलीगढीको पूवपट्टी अवस्थित थुम्कोलाई वागभैरव भनिन्छ । एकपटक संसारमा अनावृष्टि भयो । संसारका प्राणीहरु भोक भोकै मर्न लागे । त्यसबेला गौतम ऋषिले वागभैरव थुम्कोमा बसेर संसारको कल्याणका निमित्त हजारौँ वर्ष तपस्या गरे । त्यो तपस्याबाट प्रभावित भइ विष्णु भगवान् गरुड चढेर ऋषि आश्रममा पुग्नुभयो । त्यपछि गौतम ऋषिले संसारमा रहेका प्राणिहरूको कल्याण गर्नका लागि भगवानसँग विन्ति गर्नुभयो । यसै क्रममा विष्णु भगवानले गरुडको पखेटाबाट महाभारतको डाँडो काटेर पानि निकाली दिनुभयो । यसरि गरुडको पखेटाबाट निकालिएको हुँदा भगवानले त्यस नदिलाई गारुडी गंगा नाम दिनु भयो । यसरी स्वयम विष्णु भगवानबाट उत्पत्ति भएको गारुडी गङ्गालाई हजारौँ वर्षपछि भाषा अपभ्रंश भएर स्थानीय मानिसहरूले गाडौली खोला भन्न थाले । भन्ने जनश्रुती रहेको पाइन्छ । www.sindhuligadhi.com