गुची
व्यवसाय प्रकार | सहायक कम्पनी |
---|---|
उद्योग | फेसन |
स्थापित | १९२१ |
स्थापनाकर्ता | गुचियो गुची |
केन्द्रीय कार्यालय | , इटाली |
शाखा सङ्ख्या | ४८७ (सन् २०१९) |
मुख्य व्यक्ति | मार्को बिजारी (प्रमुख) एलेसेन्द्रो मिसेल (रचनात्मक निर्देशक) |
आम्दानी | € ९.६२८ बिलियन (सन् २०१८) |
कर्मचारी सङ्ख्या | १७,१५७ (सन् २०१९) |
मूल सङ्गठन | केरिङ |
वेबसाइट | https://www.gucci.com/ |
गुची ( /ˈɡuːtʃi/, GOO-chee ; इटालेली उच्चारण: [ˈɡuttʃi] ) यो एक अन्तर्राष्ट्रिय फेसन ब्रान्ड हो। यसको केन्द्रीय कार्यालय इटालीको फ्लोरेन्समा रहेको छ। [१] [२] [३] यसको लोकप्रिय उत्पादहरूमा हातेझोला, तयारी पोशाक, जुत्ता र त्यससँग सम्बन्धित श्रृङ्गार, सुगन्ध, र घर सजावटका समानहरू सामेल छन्।
यो कम्पनीको स्थापना सन १९२१ मा टुस्कनीको फ्लोरेन्समा गुचियो गुचीले गरेका थिए। गुचियोको छोरा अल्दो गुचीको निर्देशनमा यो एउटा विश्वव्यापी परिचित ब्रान्ड बन्न पुगेको हो। सन् १९८० को दशकमा पारिवारिक कलहको सुरुवात भएपछि, गुची परिवार सन् १९९३ सम्ममा कम्पनीको पुँजीबाट पूर्ण रूपमा निकालिएको थियो। सन् १९९९ मा, गुचीलाई फ्रान्सेली समूह पिनाल्ट प्रिन्टेम्प्स रेडौतेद्वारा अधिग्रहण गरिएको थियो। सन् २०१० को दशकमा गुची एक लोकप्रिय र मनपर्ने 'गीक-चिक' ब्रान्ड बन्न पुगेको हो।
सन् २०१९ मा, गुचीले आफ्नो मातहतमा ४८७ शाखाहरू संचालन गरेको छ जसमा १७,१५७ कर्मचारीहरू रहेका छन्। यो कम्पनीले सन् २०१९ मा आफ्नो उत्पादनहरू विक्री गरेर €९.६२८ अर्ब (सन् २०१८ मा € ८.२ अर्ब) कमाएको थियो। [४] सन् २०१४ डिसेम्बरदेखि गुचीको प्रमुख कार्यकारी अधिकारीको रूपमा मार्को बिजारी रहेका छन् भने सन् २०१५ जनवरीदेखि एलेसेन्द्रो मिसेल यसका रचनात्मक निर्देशक हुनुहुन्छ। यो फ्रान्सेली लक्जरी समूह केरिङको सहायक कम्पनी हो।
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kering, Group, "A new name for a new identity", Kering, मूलबाट २४ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०१३।
- ↑ Vikram Alexei, Kansara (२०१३-०४-०३), "Why Did PPR Change Its Name to Kering?", The Business of Fashion, मूलबाट १९ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०१३ मिति
- ↑ "Alexander McQueen and Gucci Group appoint Sarah Burton as Creative Director", Gucci Group, मूलबाट ५ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०११।
- ↑ "Financial document 2018", Kering, २०१८, अन्तिम पहुँच २०२०-०८-१६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०७ मिति