गुणराज लुइटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुणराज लुइँटेल
गुणराज लुइँटेल
पेशापत्रकार

गुणराज लुइँटेल नेपालका एक पत्रकार हुन् । उनले युगसम्वाद साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । [१]

गुणराज लुइँटेल यसअघि अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक भएका थिए। 'कान्तिपुर' दैनिक र 'नागरिक' दैनिकमा समेत उनले लामो समय काम गरेका थिए। अन्नपूर्ण पोस्टमा कार्यकारी सम्पादक थिए। त्यसैगरी नागरिक दैनिकको पश्चिमेली संस्करणको आवासीय सम्पादकको रूपमा पनि उनले काम गरेका थिए। उनी सेतोपाटीमा प्रमुख टिप्पणीकारको रूपमा आवद्ध थिए। विसं २०७२ साल जेठ ११ गते देखि उनले नागरिक दैनिकको प्रधान सम्पादकको रूपमा आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।[२]

शिक्षा[सम्पादन गर्नुहोस्]

गुणराज लुइँटेलले फिलिपिन्सको अटेनियो डे मनिला युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन्।गुणराज लुइँटेल सिंगापुरको नान्याङ टेक्नोलाजिकल युनिभर्सिटीका एसिया जर्नालिजम फेलो समेत हुन्। [३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]