गृहस्थ आश्रम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गृहस्थ आश्रम[सम्पादन गर्ने]

गृहस्थ आश्रमको अर्थ हो घरेलु जीवन । जीवनको सक्रिय अवस्था अर्थात् २५ देखि ५० वर्षसम्मको उमेरलाई गृहस्थ आश्रम भनिएको छ ।
धर्मशास्त्रहरुमा गृहस्थ आश्रमलाई सबै आश्रमहरुको आधार र सबै भन्दा महत्त्वपूर्ण आश्रम भनिएको छ ।

गृहस्थ आश्रमको महत्त्व[सम्पादन गर्ने]

मनुस्मृतिमा गृहस्थ आश्रमको महत्त्व यस प्रकार बताइएकोा छ
यथा नदीनदाः सर्वे सागरे यान्ति संस्थितिम् ।
तथैवाश्रमिणः र्वे गृहस्थे यान्ति संस्थितिम् ।।[१]
जसरी समुद्र प्राप्त नहुञ्जेल खोला, नदी घुमिरहनछन् त्यसै गरी अन्य आश्रम गृहस्थ आश्रम वरिपरि नै घुमिरहन्छन् ।
ब्रह्मचर्य आश्रममा सञ्चित ज्ञानलाई यस आश्रममा प्रयोग गरिन्थ्यो । दोस्रो अवस्था, जुन २५ वर्षपछि सुरु हुन्छ, मा विवाहित जीवनका सारा कर्तव्य समावेश हुन्छन् । यसमा व्यक्तिगत र सामाजिक जीवनका जसमा दान दिनु, यज्ञयाग, र कर्मकाण्ड सामेल हुन्छन् ।

दीक्षान्त वाक्य[सम्पादन गर्ने]

जीवनका २५ वर्ष ब्रह्मचर्य आश्रममा बिताए पछि गुरुकुलमा दीक्षान्त समारोह गरी विद्यार्थीहरुलाई गृहस्थ आश्रममा गई स्वकर्तव्य पालन गर्ने निर्देश दिइन्थ्यो । तैत्तिरीय उपनिषदमा दीक्षान्त वाक्यहरु यस प्रकार बताइएको छ मातृ देवो भव ।
पितृदेवो भव ।
आचार्यदेवो भव ।
अतिथि देवो भव ।
स्वाधायान्माप्रमद । [२]
[३] यस आश्रमका कर्तव्यमा विवाह, दाम्पत्य सुख, सन्तान उत्पादन र लालन पालन, धन आर्जन, दान, अतिथि सत्कार, मान्य जनको आदर, यज्ञ गर्नु गराउनु तथा शास्त्र चर्चा जस्ता कुरा पर्दछन्। धर्म शास्त्रहरुमा यज्ञको कर्तव्य गृहस्थलाई भनिएको छ सन्न्यासीलाई होइन। सन्तान उत्पादनबाट तीन ऋणमध्ये एक पितृ ऋणबाट मुक्ति हुन्छ भनिएको छ ।

सन्दर्भ सामग्री सूची[सम्पादन गर्ने]

  1. मनुस्मृति
  2. तैत्तिरीयोपनिषद् १.११.१
  3. खप्तड बाबा, धर्म विचार