ग्वाटेमाला-नेपाल कूटनीतिक सम्बन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मध्य-अमेरिकी राष्ट्र ग्वाटेमालानेपालबीच सन् २००६ अगस्त ८मा कूटनैतिक-सम्बन्ध स्थापना भएको हो । नेपाल-ग्वाटेमालाबीच दिगो सम्पर्क कायम राख्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसंघस्थित नेपालको स्थायी नियोगमा अगस्त ८मा हस्ताक्षर भएको हो । द्विपक्षीय हित प्रवर्द्धनका साथै राजनीतिक, सांस्कृतिक तथा आर्थिक विकासलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको उक्त दस्तावेजमा राष्ट्रसंघका लागि दुबै मुलुकका स्थायी नियोगका प्रमुखहरू क्रमशः मधुरमण आचार्य र जोर्ज स्कीनर क्लीले हस्ताक्षर गर्नुभएको हो ।