प्राकृतिक रूपमा घ्याम्पे रूखको बोट उत्तरपूर्वी अर्जेन्टिना , पाराग्वे र दक्षिणी अमेरिकामा पाइन्छ । यो सुख्खा तथा सामान्य जाडो ठाउँमा बढी फक्रन्छ ।अर्थात उष्ण तथा समशितोष्ण जंगलमा फक्रन्छ । यसको विरुवा चाडै बढ्छ यस समयमा पानी प्रचुर हुन्छ , र कहिले काहीं २५ मीटर (८२ फीट)अग्लासम्म पाइन्छन् । यसको फेद बदल आकारको २ मीटरसम्म हुन्छन् । यसले सुख्खा समयमा पानी सञ्चित गरिरहेको हुन्छ । यो बढिरहँदा अर्थात युवा अवस्थामा घ्याम्पे भाग हरियो र पात झरेको समयमा खैरो हुन्छ । दक्षिण अमेरिकामा यसलाई पालो बोराको भनिन्छ । यसको अर्थ स्पेनी साहित्यमा जाँडको घ्याम्पो हो ।रुख घ्याम्पो जस्तो आकारको ठूलो यो रुख भजाएर बोलेभियाले धेरै पर्यटकहरूलाई भित्र्याई अर्थतन्त्र सबल बनाउन लागेको छ ।
घ्याम्पे रुखलाई अङ्ग्रेजीमा टोबोरोची भनिन्छ ।यो रुखबारे बोलेभिया देशबासीमा दन्त्यकथा पनि रहेको छ ।जब संसार भर्खर श्रृष्टि भएको थियो । अध्यारो आत्माको ‘अन्ना’ले मनुष्य जातिलाई श्रापित र मार्न तथा दोषी बनाउन चाहन्थ्यो । अन्नाले एउटा मुखियाको सुन्दर छोरी भएको चाल पाए । मुखियाले कोलिब्रीका देउता ९फिष्टा०सँग विबाह गरेका थिए ।उनले सुन्दर छोरो जन्माउने भइन् । त्यसलाई खराव आत्माले मार्न चाह्यो । उनले जन्मने छोरालाई लुकाउन चाहिन्थिन । उनको श्रीमानले उड्ने बस्नेटो दिएपछी उनी गाउँतीर उडीन । त्यहाँ पनि खराव आत्माले पछ्याउन छोडेन । उनी लूक्न चाहिन् । जब उनले लुक्ने ठाउँ पाइन् त्यसबेला पूरा थकित थिइन् । तब उनी घ्याम्पे रुखको फेदको ध्वान्द्रोमा लुकी शान्तपूर्वक छोरो जन्माइन् ।उनले त्यहीबाट छोरालाई हुर्काइन् र मरिन् एवम् घ्याम्पे रुखको फेद (जुन सुराइ आकारको हुन्छ )भित्र गाडियो । पछि घ्याम्पे रुखबाट एउटा सुन्दर फूलको रूपमा उनी फूलिन् र जसले फिस्टोलाई आकर्षण गर्यो । यसरी उनको लाग्नेसँग भेट भएको बोलेभियाली कथा छ । [१]