चन्द्रशेखर आजाद
Jump to navigation
Jump to search
- चित्
चन्द्रशेखर आजाद एक अमर भारतीय शहीद हुन। १४ वर्षको उमेरमा जुलुसमा भाग लिएका कारणले गिरफ्तार भएका चन्द्रशेखरलाई पुलिसले नाराबाजी बन्द गर भन्दा पनि यिनी 'महात्मा गान्धी जिन्दावाद'को नारा लगाउँदै कराइरहे। अन्ततः यिनलाई दस बेत हिर्काइ छाडिदिने हाकिमसामु लगियो। ६-७ बेत जिउलाई लागेर बेहोस् नहुन्ज्यालसम्म पनि यिनी महात्मा गान्धी जिन्दावादको नारा लगाउँदै रहे। पछि यिनी एक अमर शहीद हुन पुगे। इलाहावादको एउटा बगैँचामा पचासौँ अङ्ग्रेजका पुलिससँग एक्लै लड्दै मरेकाले यिनलाई 'शहीदे आजम' अर्थात् शहीदहरूको राजा भनी भारतीय जनताले सम्बोधन गरेका हुन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
http://nayapatrika.net/multi-color/4353-एक-दिन-तिमी-ठूलो-मानिस-हुनेछौ.html
![]() |
विकिमिडिया कमन्समा चन्द्रशेखर आजाद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |