चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

चुरे भवर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाल को एक राजनीतिक दल हो । यो दल नेपालको निर्वाचन आयोग मा सन् २००८ को संविधान सभाको निर्वाचनको समयमा दर्ता भएको थियो । यो भन्दा पहिले उक्त दलको नाम चुरे भावर एकता समाज रहेको थियो ।

स्थापना र वर्तमान[सम्पादन गर्नुहोस्]

नेपालको तराईमा केही उदण्ड मनिसहरूले जातीयता र बर्गको भेदभाव गरी राजानितीक फाइदा लिने उदेश्यले संघर्ष गर्ने तथा पहाडी तथा भुमिपुत्र थारू लगायतका समुदायको मान मर्दन तथा लुटपाटमा संलग्न हुन थालेपछी थारू र पहाडी वर्गको सुरक्षा तथा प्रतिरोध गर्न चुरेभावर राष्ट्रिय एकता समाज स्थापना भएको थियो । यो पार्टी धर्म जाति निरिपेक्ष हो र मुख्यतया मध्य नेपालको बाहिरी तराईको पर्सा, बारा, रौतहट,सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरी र सुनसरी जिल्लाका थारू तथा पहाडीया बसोबासका क्षेत्र महेन्द्र राजमार्गबाट पांच सात किलो मिटर तल सम्म र त्यहादेखि चुरे पहाडसम्म चुरेको भावर क्षेत्रमा सक्रिय रहेको छ । सन् २००८ को संविधान सभाको निर्वचनमा यस पार्टीले एक मात्र सीट जितको थियो । [१] उक्त सीटमा केशव प्रसाद मैनाली मनोनायित भएका थिए ।[२] । यो पार्टीको हाल सम्म एक मात्र भातृ सङ्गठन स्वयं सेवक सङ्गठन रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. [१]
  2. [२]