चोली राम्रो पाल्पाली ढाकाको

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"चोली राम्रो पाल्पाली ढाकाको"
कुन्ती मोक्तान[१]को एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०४:३०
लेबलम्युजिक नेपाल
गीतकार(हरू)बुद्ध वीर लामा
साङ्गीतिक भिडियो
"चोली राम्रो पाल्पाली ढाका" युट्युबमा हेर्नुहोस्

चोली राम्रो पाल्पाली ढाकाको एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायिका कुन्ती मोक्तानको रहेको छ। यो कुन्ती मोक्तानको ५अौ गीति सङ्गालो कुसुममा समावेश सर्वाधिक लोकप्रिय गीत हो। 

यस गीतमा छायाङ्कन नवीन श्रेष्ठले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका छन् र यस गीतलाई निर्देशन आलोक नेम्वाङले गरेका छन्। यस गीतमा शब्द बुद्धवीर लामा तथा सङ्गीत कुन्ती मोक्तानका श्रीमान शीला बहादुर मोक्तानको रहेको छ। यसमा श्रव्य म्युजिक नेपालको रहेको छ। यो गीत नेपाली गीत सङ्गीत बजारको लोकप्रिय प्रकाशन म्युजिक नेपालको युट्युब खातामा का ८ अगष्ट २०१३ दिन सार्वजनिक गरिएको थियो भने यसले मङ्सिर २०७६ सम्ममा १८ लाख भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।[२][३]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यको लम्बाई  ४ मिनेट ३० सेकेण्डको रहेको छ। यसको सिआरबिटी अङ्क ०१३०००३४९५ हो। यस गीतले मौलिक नेपाली कला तथा संस्कृतिको जगेर्ना गर्नका लागि भूमिका निभाएको मानिएको छ। एउटा प्रश्न र उत्तरबाट यस गीतको श्रव्य दृश्यको सुरुवात हुन्छ। जसमा प्रश्न कस्तो चोली मनपर्छ तिमीलाई हो भने उत्तर नेपाली सीप र कला झल्कने हो। मकैवारीको बीचबाट एउटी युवतीले पछाडि फर्केर हेर्छिन् र त्यो देखेर एउटा युवक उनी भएको ठाउँमा पुग्छन् र उनलाई भेटाउन नपाउँदै उनी दौडेर भाग्छिन्। तीन जना नेपाली मौलिक पहिरनमा सजिएर बसेका महिलनहरूको अगाडि गायिका (कुन्ती मोक्तान) बस्छिन् र गीत गाउन थाल्छिन्। गीतमा देखाइएकी प्रमुख पात्र एक महिला उनलाई गीत गाइरहेको क्रममा पछाडिबाट अङ्गालो हाल्छिन् र त्यसपछि सजावटका लागि झुण्डाइएको सामग्रीहरूको दृश्य समावेश हुन्छ। गीतकी प्रमुख महिला पात्र गायकको पछाडि लुक्छिन् र उनलाई गीतका प्रमुख पुरुष पात्रले हेर्छन् र उनी पछि पछाडिबाट दृश्यमा देखा पर्छिन्।

त्यस पछि एक खेला मैदानको दृश्यमा पुग्छ यसको श्रव्य दृश्य र तीन जना मौलिक नेपाली पहिरनमा सजिएका महिलाहरूले उनलाई नचाउने कोशिश गर्छन् र उनी पनि त्यसमा सामेल हुन्छिन्। लगत्तै प्रश्न र उत्तर देखा पर्छ जसमा प्रश्न के ल्याइदिउँ नि कोसेली तिमीलाई हो भने यसको उत्तर नेपालको पहिचान गराउने घर बुना पहिरन ल्याइदेउन लेखिएको दृश्य समावेश छ। एक बालिका र उनी गायिकाको पछाडि बस्छन् र गायिकाले गीत गाउन थाल्छिन्। उनले उक्त बालिकालाई आफुले शब्दमा उल्लेख गर्दै पत्र लेख्न लगाउँछिन्। उनले पछि एक जना वृद्ध महिलासँग पनि उक्त कुरा खोल्छिन्। सो देखेर पुरुषले आफ्नो पैसा कति छ भनेर जाँच गर्छन्। पछि उनी एक्लै नाच्न थाल्छिन् र अरू महिलाहरूले पनि उनलाई साथ दिन्छन्। उनी चङ्गा आकाशमा माथि उडेमो देखेर त्यसको पछाडि दौडिदै पुग्छिन् भने उक्त चङ्गा सोही पुरुषले उडाएका हुन्छन् र पछि उनी पुरुषसँग ठोकिन पुग्दन उक्त चङ्गा भुँईमा खस्छ। त्यसको केही छिन पछि प्रश्न र उत्तर समेटिएको दृश्य देखा पर्छ जसमा प्रश्न कुन पहिरनले खुल्छ नि तिमीलाई हो भने यसको उत्तर ठेट नेपाली राष्ट्रिय भेषले खुल्छ नि हो। गायिकाले आफ्नो गीत प्रस्तुत गरिरहन्छिन् र त्यो देखेर पुरुष आउँछन् र पहिला देखि नै त्यहाँ उपस्थित महिलाहरूमा अघि लेखेको कापी बालिकाले पुरुषलाई दिन्छिन् र उनले त्यो बसेर हेर्छन् र त्यसमा हातले कोरेका चित्रहरू देख्छन् र त्यसलाई देखेर बालिकाले राम्रो छ भन्ने सङ्केत व्यक्त गर्छिन्। महिलाले केके ल्याइदिने भन्ने बारेमा गीतद्वारा प्रष्ट पार्छिन्। तीन जना महिलाहरूको साथ उनी गीतमै झुम्मिन्छिन्। पछि उनीहरू सामुहिक नृत्य प्रस्तुत गर्न थाल्छन्। पछि उनीहरू चार जनामा तीन जना महिला दौडेर गायिका भएको ठाउँमा आउँछन् भने उनी चाहीँ त्यही बस्छिन् र पुरुषले उनको हात समाउँछन्। गायिकाले गीत प्रस्तुत गर्दै गर्छिन् भने उपस्थित सबैभन्दा जना हर्षित मुद्रामा देखिन्छन् र गीतको अन्त्य प्रश्न र उत्तरबाट हुन्छ जसमा प्रश्न अरु के के मनपर्छ तिमीलाई हो भने यसको उत्तर नेपाली कला र संस्कृति मनपर्छ। नेपाली भाषा र भेषभुषा मनपर्छ हो।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]