चौघरा दरवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौघरा दरवार
ऐतिहासिक चौघरा दरवार
Lua error in मोड्युल:Location_map at line 463: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्.
सामान्य विवरण
वास्तुकलाको ढाँचामल्लकालिन वास्तुकला
स्थानसुनखानी, दोलखा जिल्ला
राष्ट्रनेपाल
सम्पन्नविसं १८४०
ग्राहकगोबर्धन र महेश्वर शिवाकोटी
स्वामित्वशिवाकोटी समाज
उचाइ३० फिट
आयामहरू
अन्य आयामहरू१५५ झ्याल
प्राविधिक विवरण
भुईँ तला क्षेत्र३६०० वर्ग फिट
अन्य विवरण
कोठाको सङ्ख्या३५
सन्दर्भ
www.shiwakoti.com.np
www.rrr.gov.np/downloads/IEE%20of%20Sunkhani-kyanpa%20Road,Dolkha%20District1_Part1.pdf
दरवारमा रहेको कलात्मक थाम
दरवारको उत्तरी मोहडा
दरवारमा रहेको कलात्मक झ्याल

चौघरा दरवार दोलखा जिल्लाको सुनखानी गाविसमा अवस्थित ऐतिहासिक महत्त्वको दरवार हो। विसं १८४०.[१] मा निर्माण भएको विस्वास गरिने यो दरवार सालका काठबाट निर्माण गरिएका १ सय ५५ कलात्मक झ्यालहरूका लागि प्रसिद्ध छ। यो दरवार पृथ्वीनारायण शाहको पालामा बनेको स्थानीय वृद्धवृद्धाहरूको अनुमान छ। कलात्मक चार घरहरू जोडेर बनाइएको हुनाले यस दरवारलाई चौघरा भनिएको हो।

दरबारको बनावटलाई मल्लकालिन वास्तुकलाको विशिष्टता झल्कने कलात्मक शैली, तेलिया इट्टा र सालको काठले थप आर्कषक बनाएको छ। यस दरवारको दक्षिणतर्फ विशाल २४ वटा बुट्टेदार थामहरू रहेका छन् भने भित्रि चोकमा २७ वटा थाम रहेका छन। लम्बाई र चौडाई नै ६० फिट रहेको वर्गाकार यस भवनमा ६० वटा कोठा रहेका छन। भवनको एक कोठामा शिवाकोटीहरूको कुल पुजा गरिने, अर्को कोठामा भगवती पुजा गर्ने र अर्को एउटा कोठामा राजा वा वायुको पुजा गर्ने गर्दछन।

ऐतिहासिक तथ्य तथा स्थानीयको भनाई अनुसार गोवर्धन र महेश्वर नामका शिवाकोटीले यो भवन निर्माण गरेका थिए। बिसं २०५३ सालको पहिरोले निकै क्षति पुर्याएछि हाल यो भवन निकै जिर्ण बन्दै गएको छ। संरक्षणको अभावका कारण वायुको मुर्ती समेत चोरी भएको छ। सदरमुकामबाट तीन घण्टाको पैदल दुरीमा रहेको दरवार संरक्षणका लागि सम्वन्धीत निकaयले ध्यान दिनुपर्ने स्थानीयको माग छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. [१],शिवाकोटी वंशावली खोज