छत्तीस मौजा सिंचाई प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्माण कार्य[सम्पादन गर्नुहोस्]

जंगबहादुर राणाको पालामा निर्माण कार्य प्रारम्भ भएको मानिएको सोह्र र छत्तीसको आयु १०० वर्षभन्दा बढी हुन आउछ ।[१] सोह्र र छत्तीसमा गरिएका अनुसन्धानहरूले यी दुवै सिंचाई प्रणाली विश्वस्तरका सिंचाई प्रणाली मानिएका छन् । किसानको परिश्रम, पानी वितरण, संस्थागत कार्यप्रणाली, सिंचाई प्रणालीको मर्मत स्याहारका सुदृढ नियम र जनसहभागिता परिचालनका दृष्टिले सोह्र र छत्तीस कुलापानी सिंचाई प्रणाली साझा सम्पत्तिका उदाहरणीय नमूना मानिएको कुरालाई नोबेल पुरस्कार विजेता अर्थशास्त्री श्रीमती इलिनोर ओस्ट्रम[२], अन्तर्राष्ट्रिय सिंचाई अनुसन्धान संस्थानका इञ्जीनियर रबर्ट योडर, क्यानाडाका जलस्रोतविज्ञ डेनियल स्टीभेन्स इत्यादि शोधकर्ताहरूले आआफ्ना अनुसन्धान ग्रन्थहरूमा स्पष्ट गरेका छन् । राबर्ट योडर, जसले एक वर्षभन्दा बढी समय यस क्षेत्रमा बिताएर अनुसन्धान सम्पन्न गरेका थिए, उनले छत्तीसको बारेमा आफ्नो पुस्तकमा लेखेका छन्– छत्तीसका किसानहरूको परिश्रम, छत्तीसको सुदृढ नियम कानुन र रुपन्देहीका किसानहरूमा छत्तीसको प्रभाव र यसको कार्यक्षमता शब्दहरुद्वारा मात्र व्यक्त गर्न सकिंदैन । सोह्र र छत्तीस मौजा सिंचाई प्रणाली अन्तर्गत मुख्य नहर– जसलाई तपाहा भनिन्छ, तथा मुख्य नहरबाट किसानको खेतसम्म नसा झैं जेलिंदै फिंजिएका ससाना नहर जसलाई गाउ कुलो वा मौजाने कुलो भनिन्छ[३]

नामकरण[सम्पादन गर्नुहोस्]

सिंचाई प्रणाली संगठित हदाका बखत ३६ वटा मौजा अर्थात् गाउहरु मिलेर बनाइएकोले छत्तीस मौजा र १६ मौजा मिलेर बनाइएकोले सोह्र मौजा नामकरण हुन गएको हो । आज तलका मौजा भनिने मौजाहरु नै यी मौजाहरु हुन् । यी दुवै सिंचाई प्रणाली के कुरामा अनौठो मानिन्छ भने सिंचाई प्रणालीको क्षेत्र सामान्यतया माथिबाट तल विस्तार हुने गर्छ तर यी दुवै प्रणालीको सिंचाई क्षेत्र तल दक्षिणबाट माथि उत्तरतर्फ विस्तार हुंदै गएका हुन् । सिंचाई प्रणालीको सदस्य संख्यामा घटबढ हु“दै, हाल दुवैमा १०० गाउ अर्थात् मौजाहरु छन् । यसमध्ये छत्तीस मौजा सिंचाई प्रणालीमा ६० मौजा आबद्ध छन् । सोह्र मौजा प्रणालीमा वैधानिकता दिने, दर्ता गराउने र अभिलेख राख्ने प्रक्रियामा जुन कुरा उल्लेख भए तापनि यस क्षेत्रका मानिसहरूले यी सिंचाई प्रणालीहरूलाई छोटकरीमा सोह्र र छत्तीस नामले चिन्दछन् ।


मूल नहर तपा/तपाहा[सम्पादन गर्नुहोस्]

सोह्र र छत्तीसको मूल नहरलाई तपाहा भनिन्छ । तपाहा भन्ने शब्द तप्पाबाट बनेको छ । हरियाणा र पञ्जाब राज्यमा तप्पा शब्द गाउंका लागि प्रयोग हुन्छ । त्यसैले छत्तीस तपाहाको अर्थ छत्तीस गाउं हुन्छ । छत्तीस मौजाको अर्थ पनि छत्तीस गाउं नै हो । सोह्र तपाहाको अर्थ पनि सोह्र तप्पा वा सोह्र मौजा हो । अर्को शब्दमा तपाहाको अर्थ मौजा वा गाउं हो । छत्तीस गाउंको सम्पत्ति भएकोले यसलाई छत्तीस तपाहा भनिएको हो । यसरी छत्तीसवटा गाउं मिलेर एक साझा सम्पत्तिको निर्माण भयो । जसको उपयोगका केही नियमहरु गाउंलेहरूले निर्माण गरे । ती नियमहरूको पालना गरे । नियम पालना नगर्नेहरूलाई सामाजिक रूपमा दण्डित गर्ने परम्परा सुरु भयो । यसरी छत्तीसले विस्तारै एक सङ्गठनको रुप लिंदै गयो । छत्तीस मौजा प्रणालीमा सदस्य गाउंहरूको संख्या घटबढ हुंदै गएको छ ।

छत्तीस मौजा प्रणालीमा सदस्य संख्या[सम्पादन गर्नुहोस्]

वर्तमानमा भएका सदस्य मौजाहरूको विवरण यस प्रकार छ- मौजा गाविस
ठटरीहवा गंगौलिया गाविस

भरौलिया गंगौलिया गाविस

बेहुली गंगौलिया गाविस

मुडियारी गंगौलिया गाविस

ज्हदा गंगौलिया गाविस

विष्णुपुरा उत्तरटोल मक्रहर गाविस

विष्णुपुरा दक्षिण टोल मक्रहर गाविस

बेवरी मक्रहर गाविस

म्क्रहर मक्रहर गाविस

मजुवा मक्रहर गाविस

सखवी मक्रहर गाविस

तुकतुके मक्रहर गाविस

ब्ुधवारे मक्रहर गाविस

महनाजोत मक्रहर गाविस

पेटरानी मक्रहर गाविस

मिगौलिया मक्रहर गाविस

मदरानी मक्रहर गाविस

क्ुमारी सिर मक्रहर गाविस

क्ुमारी असामी मक्रहर गाविस

प्रदीपनगर मक्रहर गाविस

जमुहानी मक्रहर गाविस

महुवारी मक्रहर गाविस

ज्योतिनगर उत्तर टोल करैया गाविस

ज्योतिनगर दक्षिण टोल करैया गाविस

सुसपुरा करैया गाविस

चर नम्बर करैया गाविस

शान्तिनगर करैया गाविस

दर्शनटोल करैया गाविस

रामनगर करैया गाविस

मैनहवा करैया गाविस

करैया करैया गाविस

हरैया करैया गाविस

शंकरपुर करैया गाविस

तीन नम्बर करैया गाविस

प्रेमनगर आनन्दवन गाविस

चपरहट्टी शंकरनगर गाविस

आमचौरे शंकरनगर गाविस

चीनीयां मोहोडा शंकरनगर गाविस

डा“डाकुलो शंकरनगर गाविस

सरदारनगर शंकरनगर गाविस

श्ंकरनगर पूर्व शंकरनगर गाविस

शंकरनगर एक नं. शंकरनगर गाविस

शंकरनगर नयां मोहोडा शंकरनगर गाविस

शारदा मोहोडा शंकरनगर गाविस

मैनकुलो शंकरनगर गाविस

सातघरे शंकरनगर गाविस

देउनारायण शंकरनगर गाविस

युवराज शंकरनगर गाविस

लालबहादुर मोहोडा शंकरनगर गाविस

नवदुर्गा शंकरनगर गाविस

क्पिलमोहोडा शंकरनगर गाविस

पांडेटोल शंकरनगर गाविस

मङ्गलापुर आनन्दवन गाविस

तुलसीपुर आनन्दवन गाविस

मणिग्राम आनन्दवन गाविस

दुइ नम्बर आनन्दवन गाविस

माझगाउं बुटवलनगरपालिका

डांडाकुलो बुटवलनगरपालिका

कालिकानगर पूर्व बुटवलनगरपालिका

कालिकानगर पश्चिम बुटवलनगरपालिका

सुखानगर बुटवलनगरपालिका

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. • Yoder, R (1994). Organization and Management by Farmers in the Chhattis Mauja Irrigation System Nepal, Colombo : International Irrigation Management Institute.
  2. • Ostrom, Elinor, (1990). Governing the Commons: The Evolution of Institutions for Collective Action, USA : Cambridge University Press.
  3. • Gewali, B R, (2011)Common Pool Resource Management in Soraha and Chhattis Farmer managed Irrigation System of Rupandehi District, The Economic Journal of Nepal, Vol 34, No1, Issue 133, 2011,, CEDECON, Kirtipur