जनमुक्ति सेना, चीन
जनमुक्ति सेना, चीन | |
---|---|
中国人民解放军 | |
आदर्श वाक्य(हरू) | 为人民服务 "Serve the People" |
जनमुक्ति सेना (The People's Liberation Army (PLA)) जनवादी गणतन्त्र चीनको नियमित सेना तथा चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य विभाग हो। यसको माथतमा केन्द्रीय सैन्य आयोग (Central Military Commission (CMC)) र साना इकाई रहेको छ। यसबाहेक जनमुक्ति सेनाको मुख्य पाँच शाखा छन्: थल सेना, जल सेना, वायु सेना, रकेट फोर्स र रणनीतिक सपोर्ट फोर्स। जनमुक्ति सेना विश्बकै सबैभन्दा ठूलो सैन्य बल हो र यसमा बिश्वको दोस्रो ठूलो रक्षा बजेट खर्च हुन्छ। यो विश्वको सबैभन्दा छिटो आधुनिकीकरण गर्ने सेना पनि हो र महत्वपूर्ण प्रतिरक्षा क्षमता र बढ्दो विश्वव्यापी शक्ति प्रक्षेपणका साथ यसलाई सम्भावित सैन्य महाशक्ति पनि भनिन्छ। क्रेडित सुइसको २०१५ अनुसार, जनमुक्ति सेना विश्वको तेस्रो सबैभन्दा शक्तिशाली सेना हो।
मिसन
[सम्पादन गर्नुहोस्]पूर्व सर्वोच्च नेता हु जिन्ताओले जनमुक्ति सेनाको मिसनलाई यसप्रकार प्रस्तुत गरेका थिए:
- पार्टी नेतृत्वको सुरक्षा
- जनवादी गणतन्त्र चीनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, आन्तरिक सुरक्षा र राष्ट्रिय विकासको रक्षा
- राष्ट्रिय स्वार्थको सुरक्षा
- विश्व शान्ति कायम गर्नु
इतिहास
[सम्पादन गर्नुहोस्]द्वितीय चीन-जापान युद्ध
[सम्पादन गर्नुहोस्]च्याङ काइ सेक द्वारा १९२७ को साङ्घाई नरसंहार गरिएपछि झु दे, हे लङ, ये जियाङ्यिङ र चाउ एन लाई नेतृत्वको कुमिन्ताङ फौजले बिद्रोह गरेर सन् १९२७ अगस्ट १ मा जनमुक्ति सेनाको स्थापना भएको थियो।