जर्ज इलियट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म्यारी ऐन इभ्यान्स् (२२ नोमेम्बर १८१९ – २२ डिसेम्बर १८८०; अन्य नाम: म्यारी ऐन वा मारिएन), साहित्यिक नाम: जर्ज इलियट, अंंग्रेजी उपन्यासकार, पत्रकार, अनुवादक र रानी भिक्टोरिया कालकी मुख्य लेखिका थिइन्। उनका मुख्य सात उपन्यासहरू ऐडम ब्एड (१८५९), द मिल अन द फल्स (१८६०), सिलास् मार्नेर (१८६१), मिडेलमार्च (१८७१–७२), र ड्यानियल डेरोन्डा (१८७६) हुन् ।

आफ्नो कार्य ध्यानपूर्वक लिइयोस् भनेर उनले आफ्नो साहित्यिक नाम पुरूषको जस्तो राखिन् । महिला साहित्यकारहरूले त्यतिबेला आफ्नै वास्तविक नामबाट सिर्जना रच्ने गर्थे । उनि आफ्नो साहित्यिक कार्यको भिन्नै रूपबाट विश्लेषण होस् भन्ने चाहन्थिन् । आफ्नो व्यक्तिगत जीवन बाहिरी संसारले थाहा नपाओस् भन्ने हेतुले र विशेषत: उनको जर्ज हेनरी लिविससंगको सम्बन्ध प्रकाशमा नआओस् भन्ने सोचले पनि उनले उक्त साहित्यिक नाम रोजेकी हुन सक्छिन् ।[१]

सन् १८७२ को उनको उपन्यास मिडेलमार्च अंंग्रेजी भाषाको उत्कृष्ट उपन्यास मानिएको छ।[२][३]

जर्ज इलियट, सन् १८६०

कृतिहरू[सम्पादन गर्नुहोस्]

उपन्यासहरु[सम्पादन गर्नुहोस्]

ऐडम ब्एड (१८५९)

द मिल अन द फल्स (१८६०)
सिलास् मार्नेर (१८६१)
रोमोला, (१८६३)
फेलिक्स होल्ट, द रेडिक्ल (१८६६)
मिडेलमार्च (१८७१–७२)
ड्यानियल डेरोन्डा (१८७६)

कविताहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Karl, Frederick R. George Eliot: Voice of a Century.
  2. Long, Camilla.
  3. Guppy, Shusha, "Interviews: Julian Barnes, The Art of Fiction No. 165", The Paris Review (Winter 2000), अन्तिम पहुँच २६ मे २०१२