जीवनदाता (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



जीवनदाता
निर्देशक मदन घिमिरे
निर्माता सुशील पोखरेल
मुख्य कलाकार राजेश हमाल,
रमित ढुंगाना,
आर्यन सिग्देल,
विराज भट्ट,
राजेश ढुंगाना,
झरना थापा
देश नेपाल
पुरस्कार चलचित्र प्राविधिक संघको नवनायक
भाषा नेपाली



जीवनदाता (२०६४) का निर्माता सुशील पोखरेल र निर्देशक मदन घिमिरे हुन् । चलचित्रमा राजेश हमालको मुख्य भूमिका छ । यद्यपि चलचित्रका केन्द्रीय पात्र भने तीन जना नायक रमित ढुंगाना, विराज भट्ट तथा राजेश ढुंगाना हुन् । बेरोजगारीका कारण सानोतिनो अपराध गर्न थालेका यी तीन जनामध्ये एक जना बालकको अपहरण गर्न पुग्छन् । बालकसँग संगत गर्दै गएपछि उनीहरूलाई उसको माया लाग्न थाल्छ र उनीहरू सुध्रीने निर्णय गर्छन् । त्यसपछि उनीहरूले आफूहरूलाई अपराध गर्न सिकाउने आपराधिक तत्त्व तथा पक्राउ गर्न खटिएका प्रहरी निरीक्षक राजेश हमालको फन्दाबाट निस्कने प्रयत्न गर्नुपर्ने हुन्छ । चलचित्रकी नायिका झरना थापा हुन् । नायक राजेश ढुंगानाले चलचित्र प्राविधिक संघको चलचित्र पुरस्कारमा यही चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत उत्कृष्ट नवनायकको पुरस्कार पाएका थिए ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]