जुलायी
जुलायी Julayi | |
---|---|
निर्देशक | त्रिविक्रम श्रीनिवास |
लेखक | त्रिविक्रम श्रीनिवास |
पटकथा | त्रिविक्रम श्रीनिवास |
कथा | त्रिविक्रम श्रीनिवास |
निर्माता | एस राधा कृष्ण डीभीभी दानय्या |
मुख्य कलाकार | अल्लू अर्जुन इलियाना डी'क्रुज सोनू सूद राजेन्द्र प्रसाद |
छायाङ्कन | छोटा के नायडू श्याम के नायडू |
सम्पादन | प्रवीण पुडी |
सङ्गीत | देवी श्री प्रसाद |
वितरक कम्पनी | हरिका एन्ड हसीन क्रिएशन्स |
वितरक | सिरी मिडिया एन्ड फिकस इंक (ओभरसीज) |
प्रदर्शन मिति |
|
अवधि | १५२ मिनेट |
देश | भारत |
भाषा | तेलुगु |
जुलायी (अनुवाद: Wanderer) २०१२ भारतीय तेलुगु भाषाको एक्शन कमेडी चलचित्र हो जुन त्रिविक्रम श्रीनिवासद्वारा लिखित र निर्देशित छ,[१] र एस राधा कृष्णद्वारा हारिका एन्ड हसिन क्रिएशन्स ब्यानर अन्तर्गत निर्माण गरिएको थियो र डीभीभी दानय्याले प्रस्तुत गरेका थिए। चलचित्रमा अल्लू अर्जुन, इलियाना डी'क्रुज, सोनू सूद, राजेन्द्र प्रसाद, ब्रह्मानन्दम, कोटा श्रीनिवास राव, तनिकेला भरानी, राव रमेश र ब्रह्माजी मुख्य भूमिकामा छन्। ध्वनि ट्र्याक देवी श्री प्रसादद्वारा गरिएको थियो, छायाङ्कन छोटा के नायडू र उनका भाइ श्याम के नायडूद्वारा गरिएको थियो, र सम्पादन प्रवीण पुडीले गरेका थिए। चलचित्र सकारात्मक समीक्षाको साथ ९ अगस्त २०१२ मा विश्वव्यापी रिलीज भएको थियो, र बक्स-अफिसमा हिट भएको थियो। यस चलचित्रले सर्वश्रेष्ठ लोकप्रिय फिचर चलचित्रको लागि नन्दी पुरस्कार लिएको छ।[२][३] यसलाई तमिलमा सागासम नामले पुन: निर्माण गरिएको थियो। चलचित्रको सुरुवाती बैङ्क डकैती अनुक्रम क्रिस्टोफर नोलनको २००८ ब्लकबस्टर चलचित्र द डार्क नाइटबाट सीधा प्रेरित छ।
कलाकार
[सम्पादन गर्नुहोस्]- अल्लू अर्जुन रवीन्द्र "रवि" नारायणको रूपमा
- इलियाना डी'क्रुज मधुको रूपमा, रविको प्रेम रुचि
- सोनू सूद बिट्टुको रूपमा
- राजेन्द्र प्रसाद डीआईजी सीताराम आईपीएसको रूपमा
- कोटा श्रीनिवास राव विधायक वरदराजुलुको रूपमा
- तनिकेला भरानी नारायण मुर्तीको रूपमा, रविको बुबा
- ब्रह्मानन्दम ब्रह्मामको रूपमा
- राव रमेश एसीपी राजा मानिक्यम आईपीएसको रूपमा
- ब्रह्माजी ट्राभल एजेन्ट मूर्तिको रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Julayi", One India, अन्तिम पहुँच २८ मार्च २०१२।
- ↑ Upadhyaya, Prakash (१ मार्च २०१७), "Nandi Awards 2012-2013: Here is the complete list of winners", International Business Times India, मूलबाट २ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१७।
- ↑ "Re – Shoots to Julaayi?", bharatone.com, अन्तिम पहुँच १६ जुलाई २०१२। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति