जोङ पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिएमपाक लिमिटेड
जोङ
चीन मोबाइल पाकिस्तान
व्यवसाय प्रकार
दुरसञ्चार सेवा प्रादायक
उद्योगदुरसञ्चार
मोबाइल सञ्चार
पूर्ववर्तीलियु डायङफेन (प्रमुख कर्यकारी अधिकृत)
स्थापित२००८
केन्द्रीय कार्यालयइस्लामाबाद, पाकिस्तान
सेवा क्षेत्र
पाकिस्तान
मुख्य व्यक्ति
वाङ हुवा (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूमोबाइल सेवा
डाटा सेवा
मोबाइल ब्याङ्किङ
टेलीफोन
ब्ल्याकबेरी समाधान
मूल सङ्गठनचीन मोबाइल
वेबसाइटwww.zong.com.pk

चीन मोबाइल पाकिस्तान लिमिटेड जोङ वा चीन मोबाइल पाकिस्तान(उर्दु: زونگ)[१] [२]पाकिस्तानको एक मोबाइल नेटवर्क सञ्चालक हो । जसको मुख्यालय पाकिस्तानको इस्लामाबादमा अवस्थित छ । यसले २ जी, ३ जी र ४ जी सेवा सुचारु गरेको छ । यसले प्रिपेड र पोस्टपेड गरी २ वटा नेटवर्कद्वरा सेवा प्रदान गर्दछ । यो चीन मोबाइलको स्वामित्व रहेकोे छ । जोङ चीन मोबाइल को १००% सहायक कम्पनी हो ।

यो पाकिस्तानको दोस्रो ठूलो जीएसएम मोबाइल सेवा प्रदायक हो र हालैको एक तथ्याङक अनुसार यसका ३१ मिलियन सेवाग्राही रहेका छन् र पाकिस्तानमै तेस्रो सबैभन्दा ठूलो मोबाइल सेवा कम्पनी हो । यसले देशमा सेलुलर अपरेटरहरूको २१% को बजार ओगटेको छ ।[३][४][५][६]

इतिहास[सम्पादन गर्नुहोस्]

जोङ १९९१ मा केबल एण्ड वायरलेसद्वरा पाक्टेलको रूपमा सञ्चालन गरिएको थियो । यो पहिलो कम्पनी थियो जसलाई पाकिस्तानमा सेलुलर फोन सेवाहरू सञ्चालनमा नि: शुल्क इजाजतपत्र दिइएको थियो । कम्पनीले २००४ जीएसएम सेवाहरू सुरु गर्न भन्दा अघि उन्नत मोबाइल फोन प्रणाली सेवाहरू सञ्चालन गरेको थियो ।


२००३ मा, मिलिकम निगम, जो त्यही समय मा इन्स्टाफोनको मालिक थियो र यसले केबल र वायरलेसबाट पाक्टेल किनेको थियो । मिलिकमले जोन टुमेल्टी जो इन्स्टाफोनका पूर्व सीईओ र मुख्य वित्तीय अधिकारी डेविड अर्डम्यानको नेतृत्वमा एक नयाँ व्यवस्थापन टोली स्थापना गरेको थियो ।

२२ जनवरी २००७ को मिलिकम निगमले पाक्टेल लिमिटेडको ८८.८६ प्रतिशत शेयर चीन मोबाइललाई $२८४ मिलियनमा बिक्री गर्ने घोषण गरेको थियो । जसमा यसले कम्पनीको ऋणको पुनरावृत्तिमा सहयोग गरेको थियो । यही बिक्रीले, ४६० मिलियन डलर पाक्टेल लागि उद्यममा सहयोग पुगेको कुरा मिलिकमले यसको एक प्रेस विज्ञप्तिमा बताएको थियो ।

४ मे २०९७ मा, पाक्टेल लिमिटेडलाई चीन मोबाइल पाकिस्तानको नामकरण गरियो । १६ मे २००७ मा चीन मोबाइलले आफ्नो शेयर १००% कामय गरेको घोषण गरेको थियो ।

१ अप्रिल २००८ मा पाकटेललाई जोङमा पुनर्वित्त गरिएको थियो ।[७]

नेटवर्क[सम्पादन गर्नुहोस्]

चीन मोबाइल पाकिस्तानले २००८ सम्ममा पाकिस्तानमा नेटवर्ककको पुर्वधार निर्माण गर्न को लागि २ अरब डलर भन्दा अधिक लगानी गरेको छ । ६००० भन्दा बढी आधार स्टेशनहरूका साथ यो देशको तेस्रो सबैभन्दा ठूलो सेलुलर नेटवर्क बनेको छ । जोङले विभिन्न स्थानहरूमा सोलार सञ्चालित सेल साइटहरू स्थापना गरेको छ । यो देशकै सबैभन्दा ठूलो सौर्य ऊर्जा दूरसञ्चार नेटवर्क हो ।

पाकिस्तान पहिलो ४ जी सेवा प्रदायक

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "चीन मोबाइल पाकिस्तान लिमिटेड: निजी कम्पनीको जानकारी", ब्लूमबर्ग डटकम, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  2. "सिएमपाक लिमिटेड", ओपनकर्पोरेट डटकम, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  3. "जोङका २५ मिलियन प्रयोगकर्ता पुगेको छ", अन्तिम पहुँच १९ नोभेम्बर २०१४ 
  4. "२०१२ मा जोङले ३४.१% वृद्धि गर्न सफल भएको छ", अन्तिम पहुँच १९ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
  5. "पाकिस्तानमा मोबाइल फोन प्रयोगकर्ता १३६.५ पुगेको छ", अन्तिम पहुँच १९ नोभेम्बर २०१४ 
  6. "टेलिकम सुचक | PTA", पिटिए डट जिओभी डट पिके, अन्तिम पहुँच २०१७-११-१५ 
  7. "चीन मोबाइललाई जोङमा पुनर्वित्त गरिएको छ", अन्तिम पहुँच १९ नोभेम्बर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट