जोङ पाकिस्तान
जोङ चीन मोबाइल पाकिस्तान | |
व्यवसाय प्रकार | दुरसञ्चार सेवा प्रादायक |
उद्योग | दुरसञ्चार मोबाइल सञ्चार |
पूर्ववर्ती | लियु डायङफेन (प्रमुख कर्यकारी अधिकृत) |
स्थापित | २००८ |
केन्द्रीय कार्यालय | इस्लामाबाद, पाकिस्तान |
सेवा क्षेत्र | पाकिस्तान |
मुख्य व्यक्ति | वाङ हुवा (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादनहरू | मोबाइल सेवा डाटा सेवा मोबाइल ब्याङ्किङ टेलीफोन ब्ल्याकबेरी समाधान |
मूल सङ्गठन | चीन मोबाइल |
वेबसाइट | www |
चीन मोबाइल पाकिस्तान लिमिटेड जोङ वा चीन मोबाइल पाकिस्तान(उर्दु: زونگ)[१] [२]पाकिस्तानको एक मोबाइल नेटवर्क सञ्चालक हो । जसको मुख्यालय पाकिस्तानको इस्लामाबादमा अवस्थित छ । यसले २ जी, ३ जी र ४ जी सेवा सुचारु गरेको छ । यसले प्रिपेड र पोस्टपेड गरी २ वटा नेटवर्कद्वरा सेवा प्रदान गर्दछ । यो चीन मोबाइलको स्वामित्व रहेकोे छ । जोङ चीन मोबाइल को १००% सहायक कम्पनी हो ।
यो पाकिस्तानको दोस्रो ठूलो जीएसएम मोबाइल सेवा प्रदायक हो र हालैको एक तथ्याङक अनुसार यसका ३१ मिलियन सेवाग्राही रहेका छन् र पाकिस्तानमै तेस्रो सबैभन्दा ठूलो मोबाइल सेवा कम्पनी हो । यसले देशमा सेलुलर अपरेटरहरूको २१% को बजार ओगटेको छ ।[३][४][५][६]
इतिहास
[सम्पादन गर्नुहोस्]जोङ १९९१ मा केबल एण्ड वायरलेसद्वरा पाक्टेलको रूपमा सञ्चालन गरिएको थियो । यो पहिलो कम्पनी थियो जसलाई पाकिस्तानमा सेलुलर फोन सेवाहरू सञ्चालनमा नि: शुल्क इजाजतपत्र दिइएको थियो । कम्पनीले २००४ जीएसएम सेवाहरू सुरु गर्न भन्दा अघि उन्नत मोबाइल फोन प्रणाली सेवाहरू सञ्चालन गरेको थियो ।
२००३ मा, मिलिकम निगम, जो त्यही समय मा इन्स्टाफोनको मालिक थियो र यसले केबल र वायरलेसबाट पाक्टेल किनेको थियो । मिलिकमले जोन टुमेल्टी जो इन्स्टाफोनका पूर्व सीईओ र मुख्य वित्तीय अधिकारी डेविड अर्डम्यानको नेतृत्वमा एक नयाँ व्यवस्थापन टोली स्थापना गरेको थियो ।
२२ जनवरी २००७ को मिलिकम निगमले पाक्टेल लिमिटेडको ८८.८६ प्रतिशत शेयर चीन मोबाइललाई $२८४ मिलियनमा बिक्री गर्ने घोषण गरेको थियो । जसमा यसले कम्पनीको ऋणको पुनरावृत्तिमा सहयोग गरेको थियो । यही बिक्रीले, ४६० मिलियन डलर पाक्टेल लागि उद्यममा सहयोग पुगेको कुरा मिलिकमले यसको एक प्रेस विज्ञप्तिमा बताएको थियो ।
४ मे २०९७ मा, पाक्टेल लिमिटेडलाई चीन मोबाइल पाकिस्तानको नामकरण गरियो । १६ मे २००७ मा चीन मोबाइलले आफ्नो शेयर १००% कामय गरेको घोषण गरेको थियो ।
१ अप्रिल २००८ मा पाकटेललाई जोङमा पुनर्वित्त गरिएको थियो ।[७]
नेटवर्क
[सम्पादन गर्नुहोस्]चीन मोबाइल पाकिस्तानले २००८ सम्ममा पाकिस्तानमा नेटवर्ककको पुर्वधार निर्माण गर्न को लागि २ अरब डलर भन्दा अधिक लगानी गरेको छ । ६००० भन्दा बढी आधार स्टेशनहरूका साथ यो देशको तेस्रो सबैभन्दा ठूलो सेलुलर नेटवर्क बनेको छ । जोङले विभिन्न स्थानहरूमा सोलार सञ्चालित सेल साइटहरू स्थापना गरेको छ । यो देशकै सबैभन्दा ठूलो सौर्य ऊर्जा दूरसञ्चार नेटवर्क हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "चीन मोबाइल पाकिस्तान लिमिटेड: निजी कम्पनीको जानकारी", ब्लूमबर्ग डटकम, अन्तिम पहुँच ७ अगस्ट २०१८।
- ↑ "सिएमपाक लिमिटेड", ओपनकर्पोरेट डटकम, अन्तिम पहुँच ७ अगस्ट २०१८।
- ↑ "जोङका २५ मिलियन प्रयोगकर्ता पुगेको छ", अन्तिम पहुँच १९ नोभेम्बर २०१४।
- ↑ "२०१२ मा जोङले ३४.१% वृद्धि गर्न सफल भएको छ", अन्तिम पहुँच १९ नोभेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
- ↑ "पाकिस्तानमा मोबाइल फोन प्रयोगकर्ता १३६.५ पुगेको छ", अन्तिम पहुँच १९ नोभेम्बर २०१४।
- ↑ "टेलिकम सुचक | PTA", पिटिए डट जिओभी डट पिके, अन्तिम पहुँच २०१७-११-१५।
- ↑ "चीन मोबाइललाई जोङमा पुनर्वित्त गरिएको छ", अन्तिम पहुँच १९ नोभेम्बर २०१४।