जोबाइक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोबाइक
জোবাইক

सामान्य जानकारी
अवस्थितढाका, चित्तागोङ, कक्स बाजार
पारवहनको प्रकारसाइकल साझेदारी प्रणाली
स्टेसन सङ्ख्या(मार्च २१९)
वेबसाइटwww.jo.bike
सेवा
सेवा शुरुवातसन् २०१८
सवारी सङ्ख्या३०० (मार्च २०१९)

जोबाइक (बङ्गाली: জোবাইক बङ्गलादेशमा आधारित साइकल साझेदार गर्ने एक प्रणाली वा सेवा हो जसले राजधानी ढाका, चटगाउँ र कक्स बजार लगायतका सहरहरूमा सेवा सञ्चालन गर्दछ।[१] अर्को शब्दमा भन्नु पर्दा जोबाइक ग्राहकहरूको मागमा आधारित एक साइकल साझेदारी सेवा हो जसले सबैलाई सजिलैसँग छोटो यात्राको अवसर प्रदान गर्दछ। यसलाई सार्वजनिक यातायातको लागि ए[२] यो सार्वजनिक यातायातको लागि एक नवीन समाधान हो। यो व्यक्तिगत गतिशीलताको सशक्तीकरण, आर्थिक बृद्धि, जीवनयापन बढाउन, र नागरिकहरूको सक्रिय र स्वस्थ जीवनशैलीको प्रवर्द्धनको लागि निर्माण गरिएको थियो। जोबाइक यातायात समाधानको प्रकार हो जुन पूर्ण रूपमा हरित, प्रदूषण रहित र वातावरण मैत्री छ। यसको साइकल यातायात समाधानले भीड र प्रदुषणलाई कम गर्दछ र प्रविधि मार्फत सहरी जीवन शैली सुधार गर्न मद्दत गर्दछ।

सन् २०१८ मा सुरू गरिएको, यो बङ्गलादेशमा पहिलो यस्तो प्रणाली हो। हाल, यसमा सञ्चालित सहर भरि ३०० जोबाइक साइकल स्टेशनहरू छन्, जहाँ जहागिरनगर विश्वविद्यालय, चटगाउँ विश्वविद्यालय, र शाहजलाल विज्ञान तथा प्रविधि विश्वविद्यालय, साथै कोक्स बाजार जस्ता उप नगरीय स्थानहरू समावेश छन्। [३]

सञ्चालन प्रणाली[सम्पादन गर्नुहोस्]

सेवाको प्रयोग गर्नका लागि ग्राहकहरूले पहिला यसको आधिकारिक मोबाइल अनुप्रयोग डाउनलोड गर्नु पर्दछ। त्यसपछि यसमा खाता खोली अनुप्रयोग सुरू गर्नुपर्दछ। ग्राहकहरूले साइकलहरू कहाँ पाइन्छ भन्ने बारेमा पत्ता लगाउन सक्दछन्। प्रयोगकर्ताहरूले उनीहरूको स्मार्ट फोनमा जोबाइक अनुप्रयोग स्थापना गर्न सक्छन् र जो क्रेडिट ब्यालेन्स मार्फत सेवा पहुँच गर्न सक्नेछन्। जोइबाइकबाट साइकल भाडामा लिनका लागि भुक्तानी जानकारी प्रविष्ट गरेपछि क्युआर अङ्क प्रदान गरिन्छ जुन साइकलमा छापिएको हुन्छ र उक्त साइकलमा पहुँच गर्नका लागि स्क्यान गर्न आवश्यक हुन्छ। यसको मोबाइल अनुप्रयोग आइओएसएण्ड्रोइडमा उपलब्ध छ। [४][५][६][७][८]

इतिहास[सम्पादन गर्नुहोस्]

यसलाई १८ जून, २०१८ मा मेहेदी रजाले स्थापना गरेका थिए। [९] यस सेवाको यात्रा पर्यटकीय सहर कोक्स बजारमा साइकल स्टेसन खोले पछि सुरु भएको थियो। सुरुमा, यो सेवा केवल कोक्स बजारको कालाटोली, सुगन्धा र लाबानी पोइन्टबाट लिन सकिन्थ्यो।[१०][११] पछि कम्पनी जहानिरनगर विश्वविद्यालयमा उनीहरूको काम सुरु गरेको थियो। यसको निरन्तरतामा, यसले हाल यसका गतिविधिहरू चटगाउँ विश्वविद्यालय, शाहजलाल विज्ञान तथा प्रविधि विश्वविद्यालय र ढाका सहरमा सञ्चालन गर्दै आइरहेको छ।[१२][१३][१४][१५][१६][१७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bicycle-rental startup JoBike plans big", द डेली ष्टार (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  2. "মেয়েদের সাইক্লিং শেখাচ্ছে ‘জোবাইক’", जुगानटार (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  3. "Jobike hits Sust streets", द डेली ष्टार (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  4. "'জোবাইকে' মাত্র ৫০ টাকায় পাঁচ মিনিট!" (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  5. "সাইকেল ভাড়া ডিজিটাল স্টোর", कालेर कान्था (बङ्गालीमा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  6. "জবাইক", जमुना समाचार (बङ्गालीमा), अन्तिम पहुँच १२ मार्च २०१९ [dead link]
  7. "সাইকেল এখন মোবাইল অ্যাপসের মাধ্যমে চট্টগ্রাম বিশ্ববিদ্যালয়ে মিলবে", बङ्गलादेश प्रतिदिन (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  8. "जोबाइक अब ढाकामा", ढाका ट्रिब्युन (नेपालीमा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  9. "দেশের প্রথম সাইকেল ভাগ করে নেওয়ার পরিষেবাটি চালু করছি", बाङ्ला न्युज (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  10. "জবাইক পর্যটকদের জন্য কক্সবাজারে উপলব্ধ", बाङ्ला ट्रिब्युन (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  11. "'জোবাইকে' মাত্র ৫০ টাকায় পাঁচ মিনিট!", द डेली इत्तेफाक (बङ्गालीमा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  12. "শাহজালাল বিশ্ববিদ্যালয়ে জোবাইক", समकाल (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ [dead link]
  13. "এবার শাবিপ্রবিতে ‘জোবাইক’ সেবা", ढाका ट्रिब्युन (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण २ डिसेम्बर २०२० मिति
  14. "Jobike hits Dhaka streets", द डेली ष्टार (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  15. "এবার ঢাকায় শুরু হয়েছে ‘জোবাইক’ সেবা" (बाङ्लामा), युएनबी, अन्तिम पहुँच १२ मार्च २०१९ 
  16. "ঢাকার রাস্তায় বিকল্প বাহন ‘জোবাইক’", द डेली ष्टार (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ 
  17. "Jobike service in the capital city", डेली नयाँ जिगन्ता (बाङ्लामा), अन्तिम पहुँच १२ मार्च २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]