झोला
Jump to navigation
Jump to search
झोला सामान राखेर बोक्न छाला अथवा कपडाबाट बनाइने थैलो हो जो दैनिक प्रयोगमा आउने अत्यावश्यक सामग्री हो यसको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको छ । यकिन रूपमा यतिनै बेलादेखि भन्न नसकिए पनि झोलाको इतिहास भने पुरानो छ । प्राचिन समयमा बोरा या छाला आदिबाट भिर्न मिल्ने फिता राखेर बनाइने भएपनि अहिलेको समयमा ल्यापटप, मोबाइल पैसा विभिन्न निर्माण समाग्री लगायत हरेक क्षेत्रमा प्रयोग गर्न मिल्ने गरी झोला निर्माण गरिन्छ । प्लास्टिक जन्य झोलाहरु स्वास्थ्य तथा वातावरणका लागि हानिकारक हुने हुँदा विभिन्न देशहरूले यसमाथि प्रतिबन्ध लगाएका छन् । झोला नाम मा विभिन्न चलचित्र तथा कथाहरू निर्माण गरिएका छन् जस्तै: झोला (चलचित्र), झोला (कथा सङ्ग्रह) आदि ।