झोला (चलचित्र)
झोला | |
---|---|
झोला | |
निर्देशक | यादव कुमार भट्टराई |
लेखक | कृष्ण धरावासी |
आधारित | झोला |
निर्माता |
|
मुख्य कलाकार |
|
छायाङ्कन | दीपक बज्राचार्य[१] |
प्रदर्शन मिति | डिसेम्बर ७, २०१३ |
अवधि | ९० मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
झोला (अङ्ग्रेजी: Jhola) लेखक कृष्ण धरावासीको उही नामको उपन्यासमा आधारित नेपाली चलचित्र हो । यस चलचित्रमा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने, नेपालमा प्रचलित सती प्रथाको चित्रण गरिएको छ । आफ्नो भूमिकाको लागि अभिनेत्री गरिमा पन्तले सन् २०१४ मा सार्क चलचित्र उत्सवमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् ।[२][३][४] यस चलचित्रलाई ८७ औँ एकेडेमी पुरस्कारको लागि पठाइएको थियो तर दुर्भाग्यवश मनोनायित भएन ।[५]
सती प्रथा
[सम्पादन गर्नुहोस्]सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो । हिन्दु शास्त्र अनुसार सती प्रथामा भाग लिने नलिने महिलामा भर पर्थ्यो । पछि यस प्रथाको दुरुपयोग गरी विधवा महिलाहरूलाई उनीहरूको इच्छा विपरीत मृतक पतिको चितामा जिउँदै जलाउन थालियो । इतिहासमा कयौँ शाही र साधारण महिलाहरूलाई जिउँदै जलाइयो । वि.सं. १९७७ साल असार २५ गते चन्द्र शमशेर जङ्गबहादुर राणाले आधिकारिक रूपमा यस कुप्रथाको अन्त्य गरे ।
सारांश
[सम्पादन गर्नुहोस्]कान्छी (गरिमा पन्त) को बिहे उनीभन्दा ४० वर्ष जेठो पुरुषसँग भएको थियो । वर्तमानमा कान्छीको पतिको बुढ्यौलीको कारण स्वास्थ्य बिग्रँदै जान्छ र उनको अन्ततः मृत्यु हुन्छ । अब सामाजिक मूल्यमान्यता अनुसार कान्छी सती गई आफ्नो मृतक पतिको चितामा गई जिउँदै जल्नुपर्ने हुन्छ तर उनी जसोतसो गरी बाँच्छिन् र नजिकैको वनको गुफामा बास बस्न थाल्छिन् । आफ्नी आमाको अनुपस्थितिमा एक्लो भएको घनश्याम वनमा भौतारिँदै गर्दा उनले आफ्नी आमालाई गुफामा लुकिरहेको देख्छन् । कान्छी र उनको छोराको भेट भए तापनि उनीहरू सँगै बस्न सक्दैनन्, किनभने समाजले सती प्रथा बाँचेका महिलाहरूलाई जसरी भए पनि मार्छन् । घनश्यामले आफ्नी आमासँग नयाँ जीवन सुरु गर्न आफ्नो गाउँ छोडी अरू ठाउँमा बस्ने निर्णय गर्छ । आफ्नी आमालाई त्यही गुफामा पर्खिन लाउँदै घनश्याम आफ्नो सामान लिन गाउँ फर्किन्छन् । केही क्षणपछि कान्छीको देवर र देउरानी पनि सहयोग गर्न आइपुग्छन् । कान्छी र घनश्यामले गाउँ छोड्न लाग्दा सती प्रथामा अर्की महिलाको देहान्त भएको साक्षी गर्छन् ।
कलाकार
[सम्पादन गर्नुहोस्]- गरिमा पन्त कान्छीको रूपमा ।
- सुजल नेपाल कान्छीको छोरा घनश्यामको रूपमा ।
- दीपक क्षेत्री कान्छीको मृतक पतिको रूपमा ।
- देशभक्त खनाल कान्छीको देवरको रूपमा ।
- लक्ष्मी गिरी कान्छीकी देउरानीको रूपमा ।
- कृष्ण धरावासी आफ्नै रूपमा । (विशेष उपस्थिति)
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "दीपक बज्राचार्य", इन्टरनेट चलचित्र डाटाबेस।
- ↑ सुनैना राणा, "झोला", नेपाली टाइम्स, अन्तिम पहुँच फेब्रुअरी २८, २०१४।
- ↑ "झोला" – www.imdb.comद्वारा।
- ↑ "नेपालमा अन्तर्राष्ट्रिय चलचित्र उत्सव", ekantipur.com, जनवरी २०, २०१४, अन्तिम पहुँच फेब्रुअरी २८, २०१४। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २५, २०१४ मिति
- ↑ "एकेडेमी पुरस्कारको लागि ‘झोला’", भेराइटी, अन्तिम पहुँच नोभेम्बर ९, २०१५।