टिपु सुल्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टिपु सुल्तान
ٹیپو سلطان
ಟಿಪ್ಪು ಸುಲ್ತಾನ್
शासनकाल२९ डिसेम्बर १७८२ – ४ मे १७९९
राज्याभिषेक२९ डिसेम्बर १७८२
पूर्वाधिकारीहैदर अलि
जन्म१७५० नोभेम्बर २०
देभानाहाल्ली हालको बैङ्गलुरू शहरबाट करिब ३३ किलो मिटर उत्तरमा अबस्थित बैङ्गलुरू ग्रामीण जिल्ला
मृत्यु४ मे १७९९
खानदानमैसोर
बाबुहैदर अलि
आमाफातिमा फक्र-उन-निशा
धर्मइस्लाम

टिप सुल्तान (अङ्ग्रेजी: Tipu Sultan, ٹیپو سلطان) (जन्मः २० नोभेम्बर १७५० - मृत्युः ४ मे १७९९) मैसुर अधिराज्यका शासक थिए, उनी मैसुरका बाघ तथा टिपु साहिबको नामबाट पनि प्रसिद्ध छन् ।[१] उनी मैसुरका सुल्तान हेदर अलीका जेठा छोरा हुन ।[२] उनको आफ्नो शासनको बेलामा धेरै संख्यामा प्रशासनिक सुधारलाई प्रचलनमा ल्याएका थिए, जसमा सिक्काको प्रचलन, मौलुदी पात्रो तथा जग्गा राजस्व प्रणाली हुन् ।[३][४] उनलाई रकेट शस्त्रको प्रयोगको अग्रगामीको रूपमा लिइन्छ । उनले रकेट शस्त्रको प्रयोग बिट्रिस सेनाको बिरूद्धमा प्रयोग गरेका थिए । 

उनको बिट्रिसका विरूद्ध फ्रान्सका सम्राट नेपोलिएनसँग मैत्री सम्बन्ध गरेका थिए । फ्रेन्च गठबन्धनमा उनले बिट्रिस लगायत वरिपरिका शक्ति बिरूद्ध प्रयोग गरेका थिए । बाल्यकालमा उनका बुबाले मैसुरको शक्ति लिनको लागि तयार गर्दै आए र उनको बुबाको मृत्यु पश्चात सन् १७८२ मा उनले मैसुरको गद्दि सम्भालेका थिए । उनले बिट्रिसका विरूद्ध महत्त्वपूर्ण विजय दोश्रो एङ्गलो-मैसुर युद्धमा हात पारेका थिए तथा उनले सन् १७८४ मा उनको बुबाको क्यानसरको कारणले आकस्मिक मृत्यु पश्चात मैङ्लोरको सन्धीमा हस्ताक्षर गरेका थिए । 

टिपुले छिमेकीहरूको विरूद्ध राज्य बढाउनको लागि विभिन्न आक्रमण गरेका थिए । 

प्रारम्भिक वर्षहरू[सम्पादन गर्नुहोस्]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

शत्रुका विरूद्ध टिपु सुल्तान

टिपु सल्तानको जन्म २० नोभेम्बर १७५० मा देभानाहाल्ली हालको बैङ्गलुरू शहरबाट करिब ३३ किलो मिटर उत्तरमा अबस्थित बैङ्गलुरू ग्रामीण जिल्ला । उनको टिपु सुल्तान नाम अर्कोटका स्वामी टिपु मस्तान अउलियाबाट राखिएको हो । 

प्रारम्भिक सैन्य सेवा[सम्पादन गर्नुहोस्]

टिपु सुल्तानको लागि तयार गरिएको बन्दुक

टिपु सुल्तानलाई सैन्य रणनीतिहरूमा उनका बुबाले राखेका फेन्च अधिकृतले सहयोग गर्ने गर्दथ्यो । उनले १५ वर्षको उमेरमा पहिलो मैसुर युद्धमा आफ्ना बुबासँग बिट्रिस विरूद्ध युद्ध गरेका थिए । 

दोश्रो एङ्गलो-मैसुर युद्ध[सम्पादन गर्नुहोस्]

सन् १७७९ मा बिट्रिसले फ्रेन्च नियन्त्रित गढी माहेलाई कब्जा गरेका थिए, जसमा टिपु सुल्तानले आफ्नो केही सैनिकलाई रक्षामा लगाई सुरक्षा दिईरहेका थिए । यसको जवाफमा हैदरले कार्न्याटिक

नेतृत्व, नीति तथा नविनतम[सम्पादन गर्नुहोस्]

टिपु सुल्तानले आफ्नो शासनकालमा नयाँ पात्रो, नयाँ सिक्काको प्रचना तथा सात नयाँ सरकारी विभागहरूको शुरूवात तथा युद्धमा रकेट शस्त्रको प्रयोगको थालीना गराएका थिए ।

मृत्यु[सम्पादन गर्नुहोस्]

उनको हत्या बिट्रिसहरूले धोकापूर्ण तरिका सन् १७९९ मे ४ मा ४८ वर्षको उमेरमा कर्नाटकको श्रीरंगपट्टनामा गरेका थिए । उनी आफ्नो अन्तिम साँस सम्म पनि बिट्रिस विरूद्ध लडाई गर्दै शहिद भएका थिए । बिट्रिसहरूले टिपु सुल्तानको तरवार आफ्नो साथ बिट्रेन लगेका थिए भने उनको मृत्यु पश्चात सम्पूर्ण राज्यमा कब्जा गरेका थिए ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Cavendish, Richard (४ मे १९९९), "Tipu Sultan killed at Seringapatam", History Today 49 (5), अन्तिम पहुँच १३ डिसेम्बर २०१३ 
  2. Allana, Gulam (१९८८), Muslim political thought through the ages: 1562–1947 (2 संस्करण), Pennsylvania State University, Pennsylvania: Royal Book Company, पृ: ७८, अन्तिम पहुँच १८ जनवरी २०१३ 
  3. Hasan, Mohibbul (२००५), History of Tipu Sultan, Aakar Books, पृ: ३९९, आइएसबिएन 81-87879-57-2, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  4. R.k.datta (२००७), Global Silk Industry: A Complete Source Book, APH Publishing, पृ: १७, आइएसबिएन 81-313-0087-0, अन्तिम पहुँच २२ जनवरी २०१३