सामग्रीमा जानुहोस्

टोकियो इन्टिच्युट अफ टेक्नोलोजिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोकियो इन्टिच्युट अफ टेक्नोलोजिज
東京工業大学
चित्र:Tokyo Institute of Technology.svg
आदर्श वाक्यJidai wo tsukuru chi, waza, kokorozashi, wa no rikōjin (時代を創る知・技・志・和の理工人?)
Motto in English
Engineers of the Knowledge, Technology and Passion that Change our World.
प्रकारPublic (National)
स्थापना1881
प्रेसिडेंटDr. Yoshinao Mishima
एकेडमिक कमचारीहरू
1,324
स्नातक4,940
परास्नातक5,096
स्थान,
Tokyo Kanagawa
,
Japan
क्याम्पसUrban Rural
कलर्सRoyal Blue (DIC-641)  
MascotNone
वेबसाइटhttp://www.titech.ac.jp/

टोकियो इन्टिच्युट अफ टेक्नोलोजिज (東京工業大学 Tōkyō Kōgyō Daigaku?, अनाधिकारिक नाम: Tokyo Tech, Tokodai or TITech) जापानको टोकियो क्षेत्रमा अवस्थित एक राष्ट्रिय अनुसन्धान विश्वविद्यालय हो । यो जापानको विज्ञान तथा प्रविधिमा उच्च स्तरिय शिक्षाको लागि सबैभन्दा ठूलो संस्था हो र यस संस्थालाई जापानको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय मानिन्छ ।

यस विश्वविद्यालयको मुख्य परिसर ओकायामा अवस्थित छ र यसको मुख्यद्वार ओकायामा स्टेशन तर्फ फर्किएको छ । यो संस्था ६ विद्यालयमा विभाजित छ, जसमा ४० विभागहरू तथा अनुसन्धान केन्द्रहरू छन् ।[] यस संस्थाले २०१५-१६ को लागि ४७३४ जना स्नातकमा तथा १४६४ जना स्नातकोत्तरमा विद्यार्थीको भर्ना लिएको थियो ।[] यस संस्थामा कुल ११०० शैक्षिक सदस्यहरू छन् । 

स्थापना तथा प्रारम्भिक वर्षहरू (१८८१–१९२२)

[सम्पादन गर्नुहोस्]

टोकियो इन्टिच्युट अफ टेक्नोलोजिजको स्थापना सन् १८८१ मे २६ मा जापान सरकारले टोकियो  व्यावसायिक विद्यालयको रूपमा गरेको हो ।[] पश्चिमको उपलब्धिहरूलाई चाडै समाउनको लागि सरकारले यस विद्यालयबाट नयाँ एंव आधुनिक शिल्पकार तथा इन्जिनियरहरू तयार गर्ने आशा राखेको थियो । सन् १८९० यस संस्थाको नाम टोकियो प्राविधिक विद्यालय राखियो । सन् १९०१ मा यस संस्था नाम पुनः परिवर्तन गरी टोकियो उच्च प्राविधिक विद्यालय राखिएको थियो । 

क्याम्पसहरू

[सम्पादन गर्नुहोस्]
ओकायामा क्याम्पसको मुख्य भवन

यस संस्थाको तीन क्याम्पसहरू छन् । ओकायामा क्याम्पस ओकायामा मेगुरो मुख्य क्याम्पस हो भने शिवाउरा मिनाटोको तामाचि क्याम्पस तथा योकोहामाको नागाटसुटा, मिडोरि-कु मा अवस्थित शुजुककेडाइ क्याम्पस हुन् । 

  • ओकायामा स्टेसन क्याम्पस
  • तामाचि क्याम्पस
  • शुजुककेडाइ क्याम्पस

विश्वविद्यालय हाल शैक्षिक पुनः संरचना तथा विद्यालय र  विभागहरू पुनः संस्थागत भई रहेको छ । 

स्नातक विद्यालयहरू

[सम्पादन गर्नुहोस्]
ओकायामा क्याम्पस

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]