डिकमान विरही
स्वरूप
डिकमान विरही झापाली कवि हुन् । उनको परिचय यसप्रकार रहेको छ ः
परिचय
[सम्पादन गर्नुहोस्]सरस्वता सुनुवार र सहरमान सुनुवारका छोराका रूपमा २०१२ माघ १० गते फुङलिङ २, ताप्लेजुङमा जन्मिएका डिकमान सुनुवारको साहित्यिक नाम डिकमान विरही रहेको देखिन्छ । उनको जन्मस्थान ताप्लेजुङ भए पनि कर्मस्थान चाहिं झापा हो ।
साहित्य साधना
[सम्पादन गर्नुहोस्]२०३३ तिर भद्रपुरबाट प्रकाशित हुने सूर्योदय साप्ताहिकमा महेन्द्र हुन् राजा शीर्षक कविताबाट साहित्यमा प्रवेश गरेका विरही विभिन्न विधामा कलम चलाउँछन् तापनि उनी मूलतः कविका रूपमा परिचित छन् ।