डिजी दूरसञ्चार
पूर्व नाम | डिजी स्विसकम बेरहाड |
---|---|
व्यवसाय प्रकार | निजी कम्पनी |
व्यावसायिक रूप | ढाँचा:Myx |
उद्योग | दूरसञ्चार |
स्थापित | १९९५ |
केन्द्रीय कार्यालय | शाहा आलम, सेलाङ्धोर |
मुख्य व्यक्ति | मोर्टेन कार्लसेन सोर्बि, अध्यक्ष अल्बर्न मुर्ति, कार्यकारी अधिकृत |
उत्पादनहरू | दूरसञ्चार सेवा मोबाईल सेवा केबल टेलिभिजन |
कर्मचारी सङ्ख्या | २,५०० |
मूल सङ्गठन | टेलेनर ग्रुप |
वेबसाइट | www |
डिजी दूरसञ्चार वा डिजी डटकम बेरहाड मलेसियाको एक मोबाइल सेवा प्रदायक हो । यसको सबैभन्दा ठूलो शेयर ४९% को साथ नर्वेको टेलेनर एएसएको रहेको छ । २४ मे १९९५ मा डिजीले एक पूर्ण डिजिटल सेलुलर सञ्जाल सुरुवात र सञ्चालन गर्न मलेसियाको पहिलो टेलिकम बनेको थियोे । यसको मुख्य कार्यलय मलेसियाको शाहा आलममा रहको छ । यो १९९५ मा एक निजी कम्पनीको रूपमा स्थापित भएको थियोे ।
१४ मे २००४ मा यसले मलेसियामा जिपिआरएस (२.५ जी) र पहिला एज (२.७५ जी) प्रस्ताव गर्ने पहिलो दूरसञ्चार कम्पनी थियोे । डिजीले मुख्यत १८०० मेगाहर्ज ब्यान्डको जीएसएमका लागि ५०२-१६ को नेटवर्क कोड प्रयोग गर्दथ्यो ।
डिजी पुर्वाधार श्रेणी ऐन अन्तर्गत बर्सा मलेसियामा सूचीबद्ध गरिएको छ ।
सेवा क्षेत्र, उत्पादन र सुबिधा
[सम्पादन गर्नुहोस्]डिसेम्बर २०१७ का अनुसार, डिजीले देशमा ९५% जनसङ्ख्यामा आफ्नो २ जी सेवा बिस्तार गरेको छ भने ९०% मा[१] ३ जी सेवा , ८९% मा ४ जी एलटिइ र एलटिइ ए ( एलटिइको एक विकसित रूप) देशको ५८% मा पुर्याएको छ । यसको नेटवर्क भने न्यून गुणस्तरीय रहेको छ ।
डिजीले २ जी , जिएसएम/जिपिआरएस/एज , ३ जी डब्लूसिडिएमए/एचएसपिए+ , ४ जी लगायतका विभिन्न सुबिधाहरू सञ्चालन गरेको छ ।
डिजी दूरसञ्चारले विभिन्न प्रकारका मोबाइल सञ्चार सेवाहरू प्रदान गर्दछ । यी सेवाहरूमा आफ्ना प्रीपेड र पोष्टपेड योजना, एसएमएस, डाटा योजना र सेवाहरू, अन्तर्राष्ट्रिय रोमिङ, अन्तर्राष्ट्रिय कलिङ कार्ड र वाप सेवाहरू पर्दछन् जसमा आवज पनि समावेश भएको छ ।
भिआेएलटिइ सुरुवात गर्न, डिजी मलेसियाको दोस्रो मोबाईल सेवा सञ्चालक हो, हाल यो सेवा आईओएस १०.१ र माथिको आईफोनका मोकाईलहरूमा उपलब्ध छ ।[२]
प्रयोगकर्ताहरू
[सम्पादन गर्नुहोस्]सन् २०१८ का अनुसार, डिजीका ११.६५९ मिलियन ग्राहकहरू रहेका थिए जसमा ९.००४ मिलियन प्रीपेड र २.६५५ मिलियन पोस्टपेड ग्राहकहरू छन् ।
डिजीका ८.७६ मिलियन मोबाइल इन्टरनेट ग्राहकहरू रहेका छन् (७५.१%), जसमा ७.१ मिलियन ग्राहकहरूले ४ जी एलटिइ सेवाको प्रयोग गर्दछन् ।
सम्मान र उपलब्धिहरू
[सम्पादन गर्नुहोस्]सन् २०१४ मा फोर्ब्स द्वरा प्रकाशित, विश्वको अभिनव कम्पनीको सुचीमा १०० औँ स्थान आेगट्न सफल भएको थियोे । यस सुचीमा पर्ने, डिजी एक मात्र मलेशियन कम्पनी थियो, र एसियाबाट मात्र दूरसञ्चार सञ्चालनकर्ता थियोे ।
सन् २०१५ मा, च्यानल न्यूज एसियाद्वरा डिजीलाई मलेसियाको शीर्ष ३ कम्पनीहरु मध्ये एकको रूपमा राखिएको थियोे ।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "डिजीले ४ जी एलटिइ नेटवर्कको सुरुवात गरेको छ", अन्तिम पहुँच २६ अप्रिल २०१६। वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
- ↑ "डिजीले आइफोनको लागि भिआे एलटिइ सेवा सञ्चालनमा ल्याएको छ", २६ अक्टोबर २०१६, अन्तिम पहुँच २७ अक्टोबर २०१६।
- ↑ "२०१५ का देश अनुसार शीर्ष ३ कम्पनीहरु", च्यानल न्यू एसिया, अन्तिम पहुँच २१ अक्टोबर २०१५। वेब्याक मेसिन अभिलेखिकरण ९ अक्टोबर २०१५ मिति