डुडल आर्मी २: मिनी मिलिसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डुडल आर्मी २: मिनी मिलिसिया
विकासकर्ताएप्सोम्नियाक्स एलएलसी
मञ्च
प्रकाशन मितिआइओएस(अप्रिल ५, २०११) एन्ड्रोइड(मार्च १८, २०१५)
वर्गगोलि हान्ने
प्रकार
  • एकल खेलाडी
  • बहु खेलाडी

डुडल आर्मी २: मिनी मिलिसिया आइओएसएन्ड्रोइड उपकरणहरूको लागि नि:शुल्क २-डी गोलि हान्ने (सुटर) खेल हो। यो खेल अप्रिल ५, २०११ मा आईओएस उपकरणहरूको लागि[१] र १८ मार्च, २०१५ मा एन्ड्रोइडका लागि गुगल प्लेमा प्रकाशित गरिएको थियो।[२]

खेल सन् २०१७ मा भारतीय एप्पल एप्स स्टोरमा खेललाई शीर्ष मध्ये एकको रूपमा सूचीबद्ध गरिएको थियो।[३]

खेल्ने तरिका[सम्पादन गर्नुहोस्]

प्रशिक्षण[सम्पादन गर्नुहोस्]

यो खेलको प्रशिक्षणमा, सर्ज नामक प्रशिक्षकले आफ्ना खेलाडीलाई प्रशिक्षण दिन्छन्। सार्जले केही सामान्य चालहरू र यन्त्रमानवको प्रयोग गरी लक्ष्यमा प्रहार गर्न, हतियार नियन्त्रण र हतियार उपयोगको आधारभूत कुराहरू सिकाउँछन्।[४][५]

सरभाइभल (जीवन रक्षा शैली)[सम्पादन गर्नुहोस्]

जीवन रक्षामा, सार्जहुन्छ नामक प्रशिक्षकले खेलाडीलाई युद्धमा मैदानमा ल्याउने गर्छन् र खेलाडीले सर्जको मद्दतले हातहतियारयुक्त यन्त्रमानव विरुद्ध आफूलाई बचाउनुपर्ने हुन्छ।[६][७]

बहुखेलाडी शैली[सम्पादन गर्नुहोस्]

मल्टीप्लेयर मोड वा बहुखेलाडी शैलीले, दुवै इन्टरनेट र वाइ-फाइ जडान सुविधाको समर्थन गर्दछ।[८] वाइ-फाइ बहुखेलाडी स्थानीय क्षेत्र सञ्जाल (ल्यान)मा हुन सक्छ, जसले १६ जना खेलाडीहरू वा अनलाइनमा प्रत्येक सर्भरमा ६ जना खेलाडीहरू समर्थन गर्दछ।[९] यस खेल आत्मरक्षा जस्तै भएतापनि यसमा धेरै किसिमका हात हतियार, नक्सा र खेलमा टोली बनेर खेल्न मिल्ने सुविधा रहेको छ र देथम्याच (अरूलाई मार्ने) लगायतका रोचक सामग्रीहरू पनि यसमा समावेश गरिएका छन्। अतिरिक्त हतियार प्राप्त गर्न र अभतार (खेलाडी) परिवर्तन गर्नुपरेमा खेल भित्र रहेको सेटिङ्गमा जानुपर्नेछ।[६][१०]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. हडएप, एली, "'डुडल आर्मी २' एप स्टोरमा धेरै डाउनलोड गरिएको", टचआकार्डे, अन्तिम पहुँच १६ अक्टोबर २०१६ 
  2. "डुडल आर्मी २ : मिनि मिलिसिया", एप्एनि डटकम, अन्तिम पहुँच २०१६-१२-१६ 
  3. "एप्पफको घोषण '२०१७ को शिर्ष' अनुप्रयोग, पुस्तक, खेल, चलचित्र, र टिभी कार्यक्रमहरू", एनडिटिभी ग्याजेड्स ३६० डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-०१ 
  4. गेट्स, जस्टिन (२०१६-०८-१३), "मिनी मिलिसिया: खेलको सहयोगी - डुडल आर्मी २ : मिनी मिलिसिया", डुडल आर्मी २ : मिनी मिलिसिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-१२-२२ 
  5. मदनापाले, अदित्या (२०१६-०४-२५), "डुडल आर्मी २ : मिनी मिलिसियाको उत्कृष्ट प्रर्दशन – टेक२", टेक२ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१६-१०-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०२ मिति
  6. ६.० ६.१ फुवा, गवेन (अप्रिल, २०११), "सबै मञ्चको लागि मिनी मिलिसियाको अवलोकन", एपमोडो (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१६-१०-१६ 
  7. "डुडल आर्मी २ मिनी मिलिसिया", एप्सोमनियाक्स डटकम, अन्तिम पहुँच २०१६-१२-१८ 
  8. वार्ड, ब्राड, "उत्कृष्ट बहुखेलाडी खेल", टकएन्ड्रोइड डटकम, अन्तिम पहुँच २०१६-१०-१६ 
  9. गेट्स, जस्टिन (२०१६-०८-१३), "मिनी मिलिसिया: डुडल आर्मी २ खेलको सहयोगी - डुडल आर्मी २ : मिनी मिलिसिया", डुडल आर्मी २ : मिनी मिलिसिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-१२-२२ [dead link]
  10. "स्पेस चिक्स र डुडल आर्मी २", एन्ड्रोइड पुलिस, २०१५-०३-२१, अन्तिम पहुँच २०१६-१२-१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]