ढाँचा:आजको लेख/२०१५-०१-२१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होसार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । 'ल्होछार' दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ 'ल्हो' अर्थात वर्षवा साल भन्ने हुन्छ भने 'छार' वा 'सार'को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । (पूरा लेख...)