ढाँचा:आजको लेख/२०१६-०९-१३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र - ईद र ईदुज्जुहा - बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा -व्रत राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी -बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए । इश्लाम धर्मावलम्बिहरुले संसारभरी नै प्राय: एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरुले पनि धूमधामका साथ मनाउँदछ्न् । बकरिद नामले पुकारिने मुसलमानहरुले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्ण्रूपमा उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ । (पूरा लेख...)