ढाँचा:प्रमुख लेख/अक्टोबर, २०१८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कार्ल मार्क्स

कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ । (पूरा  पढ्नुहोस्...)