ढाँचा:प्रमुख लेख/मुमिनत्रोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १९५६ मा, तोभे यानसन मुमिन पात्रहरूको साथ

मुमिनत्रोलन (स्वीडेनी: Mumintrollen), मुमिन परिवारलाई आधार बनाएर लेखिएको उपन्यास वा पुस्तकको एक सङ्ग्रह हो। यस उपन्यासलाई सन् १९४५ देखि सन् १९७० सम्म फिनल्यान्डमा पुस्तक प्रकाशक सिल्द्स्द्वारा प्रकाशन गरिएको थियो। यसकी लेखिका फिनल्यान्डकी स्वीडेनी भाषी लेखिका तुभे यानसन हुन्। यसलाई सन् २०१५ देखि, फोलगेत नामक पुस्तक प्रकाशनद्वारा प्रकाशित छ। पुस्तकका केन्द्रिय पात्रहरू भनेका मुमिन परिवारका सदस्यहरू हुन्। परिवार सेतो र डल्लो परिकथाका पात्रहरू हुन् भने यिनीहरू लामो थुतुनो भएका जलगैँडा समान पात्रहरू हुन्। परिवारको घर मुमिन उपत्यकामा रहेको छ। यस उपन्यासलाई ४० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ।

यस उपन्यास सङ्ग्रहमा ९ वटा पुस्तकहरू सार्वजनिक गरिएको थियो। उक्त ९ पुस्तकको बाहेक, तुभे यानसनले उनको दाजु लार्स योनसनका साथ सचित्र पुस्तक र विभिन्न हास्याप्रधान कथाहरूका साथसाथै पात्रहरूद्वारा अभिप्रेरित गीतहरू पनि लेखेकी छिन्। मुमिनत्रोनल पछि गएर एक दूरदर्शन शृङ्खला वा प्रख्यात कार्टुन बन्न पुगेको थियो भने यसमै आधारित रहेर चलचित्र समेत बनेको छ। यसको फिनल्यान्डको नानतालीमा आफ्नै छुट्टै मुमिन संसार (स्वीडेनी: Muminvärlden) नामक एक उद्यान समेत रहेको छ। तेम्पेरे सहरमाको मुमिनदलन सङ्ग्रहालयमा तुभे यानसनद्वारा निर्मित यिनै पात्रहरूसँग सम्बन्धित विभिन्न आकृतिहरू राखिएको छ। (पूरा  पढ्नुहोस्...)