ढाँचा:प्रमुख लेख/मे, २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०५८ (सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौंको उत्तरी किनारामा पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि (शिवपुरी १४४ व.कि.मी, नागार्जुन १५ वर्ग कि.मी) रहेको छ । यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । काठमाडौंको रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ । यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। (पूरा  पढ्नुहोस्...)